रक्सी खाएर गाडी चलाउने चालकलाई हिरासतमा राखेर मुद्दा चलाइने

रक्सी खाएर गाडी चलाउने चालकलाई हिरासतमा राखेर मुद्दा चलाइने
धादिङ- मंगलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको अकालमा मृत्यु तथा ३२ भन्दा बढी घाइते भएपछि मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । बुधबार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाजसहितको सर्वपक...

निर्माण उपकरण जलाउने समूह नियन्त्रण गर्छौं : गृहमन्त्री

निर्माण उपकरण जलाउने समूह नियन्त्रण गर्छौं : गृहमन्त्री
काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघका महासचिव रोशन दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार गृहमन्त्री थापासमक्ष दिनहुँजसो व्यवसायीका उपकरण जलाइएकोमा कडा आपत्ति जनाउँदै भरपर्दो सुरक्षाको माग गरेको हो । जवाफमा गृहमन्त्री थापाले निर्माण व...

जथाभावी वृद्धाश्रम सञ्चालन नगर्न मुख्यमन्त्रीको सुझाव

जथाभावी वृद्धाश्रम सञ्चालन नगर्न मुख्यमन्त्रीको सुझाव
हेटौँडा- देशभरि सञ्चालन भइरहेका वृद्धाश्रम र दिवासेवा केन्द्रको बृहत् कार्यशाला गोष्ठी हेटौँडामा सुरु भएको छ । वृद्धाश्रम तथा दिवासेवा केन्द्रको छाता सङ्गठन राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको आयोजनामा भएको गोष्ठीको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै वृद्धाश्रमको नाममा जथाभावी पसलझँै आश्रम सञ्चालन हुन नहुने धारणा राखेका छन् । देशभरका ७७ जिल्लाका ४०० प्रत...

लाङटाङमा बेपत्ता विद्यार्थीको खोजीमा जुटे उद्धारकर्ता

लाङटाङमा बेपत्ता विद्यार्थीको खोजीमा जुटे उद्धारकर्ता
मेलम्ची -लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको छ । विद्यार्थी बेपत्ता भएका भनिएको निकुञ्जमापर्ने नुवाकोटको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको हो । हेली एभरेष्टको हेलिकप्टरबाट आज मध्याह्नतिर चार उद्धारकर्ता पु¥याएर आफू राजधानी फर्किएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ ...

बागमती प्रदेशको मन्त्रालय स्थापना गर्न जग्गाको खोजी

बागमती प्रदेशको मन्त्रालय स्थापना गर्न जग्गाको खोजी
हेटौँडा- बाग्मती प्रदेशको स्थायी राजधानी तोकिएसँगै प्रदेश सरकारले मन्त्रालयका लागि जग्गा खोजी शुरु गरेको छ । हाल प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालय साँघुरा भएको अवस्थामा सरकारले व्यवस्थित ठाउँको खोजी शुरु गरेको हो । प्रदेश सरकारले हाल खाली रहेको हेटौँडा उपमहानगरपालिका– ९ मा रहेको हेटौँडा सिमेन्ट उद्योगको जग्गालाई सदुपयोग गर्न पहल गरिरहेको मुख्यमन्त्री डोरम...

नेकपाको ११ बुँदे आचारसंहिता जारी : कसैलाई पनि ‘तँ’ भन्न नपाइने

नेकपाको ११ बुँदे आचारसंहिता जारी : कसैलाई पनि ‘तँ’ भन्न नपाइने
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । सो पार्टीले आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरी जारी गरेको आचारसंहितामा छोराछोरीको विवाहलाई सरल मितव्ययी बनाउ...

सभामुखको उम्मेदवार टुंगिएसँगै डा शिवमायाको राजीनामा

सभामुखको उम्मेदवार टुंगिएसँगै डा शिवमायाको राजीनामा
काठमाडौँ- उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले सभामुखको उम्मेदवारको टुंगो लागेसँगै आफूले पदबाट राजीनामा दिएको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर उनले संविधानले संसद्लाई नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेदवारको टुंगो लाग्नेबित्तिकै आफूले राजीनामा गरेको बताइन् । उनले आफू दलको नभई...

पर्यटकको पूर्ण सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ : पर्यटनमन्त्री

पर्यटकको पूर्ण सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ : पर्यटनमन्त्री
काठमाडौँ- सरकारले पर्यटकका लागि नेपालमा कुनै पनि सुरक्षा चुनौती नरहेको बताउँदै ढुक्क भएर भ्रमण गर्ने पर्यटकलाई आग्रह गरेको छ । कुनै पनि ठाउँमा विदेशीहरु एक्लै घुम्नसक्ने अवस्था रहेको भन्दै सरकारले पर्यटकको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराखेको जनाएको छ । नेपाल वैकल्पिक अध्ययन समाजद्वारा राजधानीमा आयोजित ‘समृद्धिमा पर्यटनको अर्थ¬राजनीति’ विषयक अन्तरक्रियामा संस्कृति, ...

सडक बनाउने क्रममा झडप भएपछि बाह्रबिसे बजारमा निषेधाज्ञा जारी

सडक बनाउने क्रममा झडप भएपछि बाह्रबिसे बजारमा निषेधाज्ञा जारी
सिन्धुपाल्चोक- जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ । बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्ष...

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । बस र चालकलाई नियन्त्रणमा लिई...