भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै १८ हजार बढी संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितहरुको दैनिक संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमित भएको देखाएको छ ।
अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरसबाट १८ हजार १८५ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा कोरोनाबाट कुल संक्रमितको संख्या ५ लाख ६ हजार ९७२ पुगेको क...









