कोरोना भाइरसको नियन्त्रणमा विश्वका नेताले चीनलाई सघाउने

कोरोना भाइरसको नियन्त्रणमा विश्वका नेताले चीनलाई सघाउने
बेइजिङ- चीनमा प्राणघातक सङ्क्रमणका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट बुधबार बिहानसम्म चीनभर १ हजार १०० व्यक्तिको मृत्यु भएको छ । भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी सङ्क्रमित भएका अधिकारीले जनाएका छन् । कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताहरुले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् । चीनलाई मंगलबारमात्रै ग्रुप–७७ समूह, स...

डुङ्गा दुर्घटनामा चौध जनाको मृत्यु, ४६ बेपत्ता

डुङ्गा दुर्घटनामा चौध जनाको मृत्यु, ४६ बेपत्ता
बंगलादेश- बङ्गलादेशको दक्षिण भागमा रहेको समुद्रमा मङ्गलबार बिहान सबेरै भएको एक डुङ्गा दुर्घटनामा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ बेपत्ता भएका सरकारी अधिकारीले जनाएका छन् । रोहिङ्ग्या मुसलमान शरणार्थी बोकेको सो डुङ्गा दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको यस डुङ्गामा १३० व्यक्ति सवार रहेका जनाइएको छ । बङ्गालको खाडी पार गरेर मलेसियातर्फ गइरहेको सो डुङ्गा दुर्...

अस्ट्रेलियाली अदालतको फैसला, अब देश निकाला गर्न नपाइने

अस्ट्रेलियाली अदालतको फैसला, अब देश निकाला गर्न नपाइने
क्यानबेरा- अष्ट्रेलियाको सर्वोच्च अदालतले मंगलबार विदेशी अपराधीबाट देशलाई मुक्त गर्ने नाममा अस्ट्रलियाली आदिवासी समुदायका व्यक्तिलाई देश निकाला गर्न नपाइने फैसला गरेको छ । अदालतका न्यायाधीशको ४–३ को निर्णयमा आदिवासी अष्ट्रेलियालीसँग अष्ट्रेलियाको नागरिकता नभए पनि उनीहरुलाई देश निकाला गर्न नपाइने उल्लेख छ । अदालतले दुई पुरुष – ब्रेन्डन थाम्स र डेनियल लब – को मुद्दाको सुनुवाई ग...

कोरोना भाइरसका कारण एक हजार १६ व्यक्तिको मृत्यु, एकैदिन १०८ मानिसको ज्यान गयो

कोरोना भाइरसका कारण एक हजार १६ व्यक्तिको मृत्यु, एकैदिन १०८ मानिसको ज्यान गयो
-नेपालीको आवाज न्यूज डेक्स बेइजिङ- चीनको हुवेई प्रान्तबाट महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरसको संक्रमणका कारण एकैदिन १०८ मानिसको ज्यान गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म हुवेईमा एक हजार १४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण ज्यान गुमाउनेमा चीनबाहिर हङकङमा एक र फिलिपिन्समा एक जना रहेका छन् । सिएनएनका अनुसार सोमबारसम्म कोरोना भाइरसबाट २ हजार ६१८ जन...

कोरोना भाइरसले ९१० जनाको लियो ज्यान, चीनमा ४० हजार व्यक्ति सङ्क्रमित

कोरोना भाइरसले ९१० जनाको लियो ज्यान, चीनमा ४० हजार व्यक्ति सङ्क्रमित
चीन- चीनको वुहान सहरमा गत डिसेम्बरको मध्यतिर देखा परेको नोबेल कोरोना भाइरसले सोमबारसम्म कम्तीमा ९१० जनाको ज्यान लिइसकेको छ । मृत्यु हुनेमा दुई जनामात्र चीनबाहिरका छन् । नौ सय आठ जनाको चीनमा नै मृत्यु भएको छ । हिजो आइतबारमात्रै चीनमा नोबेल कोरोना भाइरसबाट ९७ जनाको मृत्यु भएको छ । चीनमा नयाँ सङ्क्रमण हुने व्यक्तिहरूको सङ्ख्या भने स्थिर भएको देखिएको छ । चीनका विभिन्न स्थानमा सङ्क...

भारतको केरलामा कोरोना भाइरसको आशंका, तीन हजार २५२ जना निगरानीमा

भारतको केरलामा कोरोना भाइरसको आशंका, तीन हजार २५२ जना निगरानीमा
केरला- प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ । विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ । विभागले ३४५ जनाको रगतको नमुना परीक्षण गर्दा ३२६ जनामा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको बताएको छ । विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनबाट फर्किएका व्यक्तिको रक्त परीक्षण गर...

डोनाल्ड ट्रम्पको हत्या गर्ने धम्की दिने व्यक्ति पक्राउ

डोनाल्ड ट्रम्पको हत्या गर्ने धम्की दिने व्यक्ति पक्राउ
अमेरिका- ह्वाइट हाउसबाहिर राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्लोरिडा निवासी २५ वर्षीय रोजर हेजपेथ रहेका छन् । वासिङ्टन डिसी मेट्रोपोलिटन प्रहरीका अनुसार ती व्यक्ति ह्वाइट हाउसबाहिर रहेका अमेरिकी गुप्तचर सेवाका अधिकारीसमक्ष ‘म यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न आएको हुँ’ भन्दै पुगेका थिए । प्...

कोरोना भाइरसबाट ८०० बढीको मृत्यु, वैज्ञानिकहरू खोप बनाउन सक्रिय

कोरोना भाइरसबाट ८०० बढीको मृत्यु, वैज्ञानिकहरू खोप बनाउन सक्रिय
-क्याथरिन लाई सिंगापुर- संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी, करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ, र चीनको मुख्य भूमिमै ८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसबाट ३७ हजार...

अमेरिकी र जापानीसहित कोरोना भाइरसका कारण ७२२ जनाको मृत्यु

अमेरिकी र जापानीसहित कोरोना भाइरसका कारण ७२२ जनाको मृत्यु
बेइजिङ- चीनबाट सुरु भर्ई विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७२२ पुगेको छ । मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले ६० वर्षीय एक अमेरिकी नागरिकको उहानमा बिहीबार मृत्यु भएको जानकारी दिए पनि अन्य विवरण भने दिएका छैनन् । त्यसैगरी अर्का एक जना ६० वर्षीय जापानीको पनि कोरोना भाइरसकै का...

‘थाई सैनिक’ले जथाभावी गोली चलाउँदा १७ जनाको मृत्यु

‘थाई सैनिक’ले जथाभावी गोली चलाउँदा १७ जनाको मृत्यु
थाइल्याण्ड- थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आक्रमणकारी एक सिपाहीले सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन् । आक्रमणकारी सैनिकले शहरक...