लमजुङमा पहिराले १८ घर पुरिए

लमजुङमा पहिराले १८ घर पुरिए
लमजुङ । अविरल वर्षाले यहाँ पहिरो जाँदा १८ घर पुरिएका छन् । मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले उक्त घर पुरिएका हुन् । उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्नेतले बताए । पहिराले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सिर्जना गोतामे घाइते भएको उनले जानकारी दिए । घाइतेमध्ये...

जीपबाट खसेर बालकको मृत्यु

जीपबाट खसेर बालकको मृत्यु
वालिङ । जीपबाट खसेर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान स्याङ्जाको भीरकोट–४ छाङ्छाङ्दीस्थित सिद्धार्थ राजमार्गमा त्रियाशीबाट बयरघारीतर्फ जाँदै गरेको ग१ज ७४४५ नम्बरको जीपबाट खसेर पाल्पाको रम्भा गाउँपालिका–४ बस्ने १६ वर्षीय मनबहादुर सारूको उपचारका क्रममा मृत्यु भ...

महानायक राजेश हमालका भाइ राकेशको निधन

महानायक राजेश हमालका भाइ राकेशको निधन
काठमाडौँ । महानायक राजेश हमाललाई पारिवारिक शोक परेको छ । उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको छ । उनका भिनाजु खगेन्द्र जिसीका अनुसार राकेशको कलेजोमा समस्या देखिएपछि केहीदिनअघि मात्रै प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्‍याइएको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । राजेशका दम्पती र राकेशको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आए...

आज मध्यरातदेखि लकडाउन हट्यो

आज मध्यरातदेखि लकडाउन हट्यो
काठमाडौँ । सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले सो कुराको जानकारी दिएका हुन् । लकडाउन घोषणा गरिएको झण्...

थप १५० जनामा कोरोना संक्रमण, एकैदिन ६०९ जना घर फर्किए

थप १५० जनामा कोरोना संक्रमण, एकैदिन ६०९ जना घर फर्किए
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १५० जनामा कोरोना भाइरस देखिएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको ३९६३ नमुना परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ९९४ पुगेको छ । मंगलबार सबैभन्दा बढी धनुषामा २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा नौ सङ्क्रमित थपिएका छन् । यस्तै...

पहिरोले घर पुरिँदा दुईको मृत्यु

पहिरोले घर पुरिँदा दुईको मृत्यु
दार्चुला । मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका–८ का वडा सदस्य केशवसिंह धामीले जानकारी दिए । उनीहरुको घरभित्रबाट शव निकालिएको छ । सोही घटनामा परी घरधनी ३५ वर्षीया ...

पहिरोले घर बगाउँदा तीनको मृत्यु

पहिरोले घर बगाउँदा तीनको मृत्यु
वाग्मती । त्रिपुरासुन्दरी गाउँपालिका–६ मा गएराति पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । राति घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षीय मिलन खाँण, उनकी श्रीमती २० वर्षीया सम्झना र १८ महिने बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए । रातिको समय भएकाले समुदायले उद्धार गर्न जाँदा मृत्यु भइसकेको उद्धारमा संलग्न हरि विकले टेलिफोनबा...

नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै

नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै
नवलपरासी । नारायणी नदीमा पानीको बहाब बढ्दै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी दुवै जिल्लाका नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का अनुसार नारायणी नदीमा मंगलबार बिहान गरिएको पछिल्लो मापनअनुसार १२ दशमलव ३२ मिटर पानी रहेको छ । नदीमा ११ मिटरभन्दा बढी पानी मापन भएमा सम्भावित जोखिमका रुप...

नवलपरासीमा पहिरोले घर पुरिँदा श्रीमान् श्रीमतीको मृत्यु

नवलपरासीमा पहिरोले घर पुरिँदा श्रीमान् श्रीमतीको मृत्यु
नवलपरासी । विगत चार दिनदेखि परेको वर्षाका कारण आएको पहिरोले पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी बुलिङटार गाउँपालिका वडा नं २ डाँडाझेरीका ६१ वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती ५७ वर्षीया खिलमाया नेपालीको मृत्यु भएको प्रहरी चौकी बुलिङटारले जनाएको छ । पहिरोले उनीहरुलाई घरसँगै पुरेको थियो । पुरिएका दुव...

कोभिड–१९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

कोभिड–१९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो । महाशाखाले विश्वस्वास्थ्य सङ्गठनको सहयोगमा कोभिड– १९ को देशभरि मानिसमा पारेको प्रभावबारे अध्ययन गर्न थाले...