बबई नदीको बाढीमा बगेर दुई बेपत्ता

बबई नदीको बाढीमा बगेर दुई बेपत्ता
धम्बोझी । बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उनकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ । बबई नदी किनारमा रहेको दाउरा सङ्कलन गरेर फर्कने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प...

म्याग्दीको पहिरोमा ज्यान गुमाउने २० पुगे

म्याग्दीको पहिरोमा ज्यान गुमाउने २० पुगे
म्याग्दी । म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ । बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले पहिरोले पुरिएको अवस्थामा उनीहरुको शव फेला पारेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म धवलागिरि–६ मराङका ११, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठा...

कोरोना संक्रमणका कारण थप तीनसहित ३८ जनाको मृत्यु

कोरोना संक्रमणका कारण थप तीनसहित ३८ जनाको मृत्यु
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । दुई जनाको पाटन अस्पताल र एक जनाको केएमसी अस्पतालमा मृत्यु भएको हो । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौँ महानगर १० शंखमुलका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । मिर्गौला रोगका बि...

नेपालमा ७० जना संक्रमित थपिए, ४३१ जना डिस्चार्ज

नेपालमा ७० जना संक्रमित थपिए, ४३१ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा ३६४८ जनाको नमुना परीक्षणका क्रममा ७० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । मन्त्रालयका अनुसार २८...

अझै तीन दिन वर्षाको सम्भावना

अझै तीन दिन वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाक...

मुलुकभर २९ विपद्जन्य घटना : १२ जनाको मृत्यु, ३२ सम्पर्कविहीन

मुलुकभर २९ विपद्जन्य घटना : १२ जनाको मृत्यु, ३२ सम्पर्कविहीन
काठमाडौँ । पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न स्थानमा २९ वटा विपद्जन्य घटना भएको छ । त्यसमध्ये १४ स्थानमा पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बिहीबार सिन्धुपाल्चोकमा आएको बाढी पहिरो तथा बिहीबार राति मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर १२ जनाको मृत्यु भएको र ३२ जना सम्पर्कविहीन रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ...

गण्डकी प्रदेशमा पहिरोमा परी ११ जनाको मृत्यु, १२ बेपत्ता

गण्डकी प्रदेशमा पहिरोमा परी ११ जनाको मृत्यु, १२ बेपत्ता
काठमाडौँ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा ११ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । अविरल रुपमा परेको पानीका कारण पहिरोमा परी कास्कीमा सात, लमजुङमा तीन र म्याग्दीमा एक जना गरी ११ जनाको मृत्यु भएका छन् । पहिरोमा परी १६ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार बाढीपहिरोका क...

कालीगण्डकी नदीमा पानीको बहाव २७ वर्षयताकै उच्च

कालीगण्डकी नदीमा पानीको बहाव २७ वर्षयताकै उच्च
पर्वत । निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव झण्डै तीन दशक यताकै उच्च बिन्दुमा पुगेको छ । मुस्ताङबाट सुरु भई म्याग्दी, पर्वत र बागलुङ हुँदै बग्ने कालीगण्डकी नदीमा पानीको सतह २७ वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो । नदीको माथिल्लो बहाव क्षेत्र मुस्ताङको जोमसोमदेखि म्याग्दीको उत्तरी क्षेत्रमा बिहीबार रातिदेखि नै भारी वर्षा भएका कारण नदीमा पानीको बहावले उच्च बिन्...

जाजरकोटको पहिरोमा पाँचको शव फेला, दस बेपत्ता

जाजरकोटको पहिरोमा पाँचको शव फेला, दस बेपत्ता
जाजरकोट । बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । नौ जना जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । बारेकोटमा आठ घर पहिरोले पुरेको छ । बारेकोट–४ जिरी सार्कीटोलमा गएराति पहिरो गएर दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये पाँच जनाको शव फेला परेको छ । पहिरोमा परी ५२ वर्षीय गोपाल सार्की र उहाँका ११ वर्षका छोरा अर्जुन सार्कीको शव फे...

थप ११८ सहित कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

थप ११८ सहित कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा २४ घन्टामा ४८०५ जनाको नमुना परीक्षणका क्रममा ११८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । यसैबीच, काठमाडौँ उपत्यकामा ...