राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ : प्रचण्ड

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ : प्रचण्ड
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउन लागेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री प्रचण्डले...

क्वारेन्टाइनमा बसेका व्यक्तिको मृत्युु

क्वारेन्टाइनमा बसेका व्यक्तिको मृत्युु
प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका– ४ उदयपुरकोटका क्वारेन्टिनमा बसेका १८ वर्षीय एक व्यक्तिको आज बिहान मृत्यु भएको छ । उनलाई दुई दिनदेखि टाउको दुख्ने, बान्ता गर्ने र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए । रोजगारीका लागि भारत गएका युवक केही दिनअघि भारतबाट फर्किएर दाङको बङ्गला...

संविधान संशोधनका विषयमा राष्ट्रियता झल्कियो : सभापति देउवा

संविधान संशोधनका विषयमा राष्ट्रियता झल्कियो : सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा राष्ट्रियता झल्किएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७’ माथिको छलफलमा पार्टी संसदीय दलका नेता देउवाले संविधान संशोधनमा सबै दलको समर्थनमा संशोधन प्रस्ताव पारित हुनुले नेपालीबीचको राष्ट्रिय एकता झल्किएको बताए । “ जुनसुकै पार्टी होऊन् राष्ट...

नक्सा पारित भएसँगै कूटनीतिक पहल तीव्र बनाउन कांग्रेसको आग्रह

नक्सा पारित भएसँगै कूटनीतिक पहल तीव्र बनाउन कांग्रेसको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसले नयाँ अद्यावधिक नक्सा संविधानको अनुसूची–३ मा समाविष्ट भएपछि कालापानी क्षेत्रमा नेपालको निर्बाध हक स्थापित गर्नका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ । संघीय संसदमा प्रस्तुत उक्त संविधान संशोधनको प्रस्ताव शनिबार संसदबाट पारित भएको छ । शनिबार भएको मतदानमा संसदमा २५८ सांसद उपस्थित रहेकोमा सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिए...

एकैदिन २७३ सहित संक्रमितको संख्या ५३३५ पुग्यो, थप दुई जनाको मृत्यु

एकैदिन २७३ सहित संक्रमितको संख्या ५३३५ पुग्यो, थप दुई जनाको मृत्यु
काठमाडौँ । नेपालमा शनिबार २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन २७३ जनामा संक्रमण पुष्टि भएको हो । जसमा २४ महिला र ४२४ पुरुष रहेका छन् । शुक्रबार अत्यधिक ४४८ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार थपिएकासँगै संक्रमितको संख्या ५३३५ पुगेको छ । नेपालमा पहिलोचोटि...

नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन
काठमाडौँ । मुलुकको वास्तविक नक्सा निशान छापमा समावेश गर्न शनिबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ । दसकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक शनिबारको प्रतिनिधिसभा बैठकबाट दुई तिहाइभन्दा बढी मतले प...

रुखको हाँगाले लागेर दुई वर्षीया छोरीको मृत्यु, बुबा गम्भीर घाइते

रुखको हाँगाले लागेर दुई वर्षीया छोरीको मृत्यु, बुबा गम्भीर घाइते
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाहीमा आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय कृषि सडक छेउको रुखको हाँगा छिनाल्ने क्रममा से६प ३३८९ नंको मोटरसाइकलमा सवार दुई वर्षीया बालिका आरजु खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ । दुर्घटनामा परी मृतक बालिकाका बुबा मोटरसाइकल चालक ३० वर्षीय ज्ञानेन्द्र खड्का गम्भीर घाइते भएको इप्रका गुलरियाका प्र...

बाग्मतीमा १८४, गण्डकीमा १९७ कोरोना पुष्टि

बाग्मतीमा १८४, गण्डकीमा १९७ कोरोना पुष्टि
हेटौँडा । बाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईंले जानकारी दिए । उनका अनुसार प्रदेशका कोरोना सङ्क्रमितमध्ये ४३ उपचा...

क्वारेन्टिनमै जन्मियो शिशु

क्वारेन्टिनमै जन्मियो शिशु
प्युठान । प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छन् । नौवहिनी गाउँपालिका–७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आउनुभएका १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन् । श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बसेकी सरस्वतीले बिहीबार राति १ बजे क्वारेन्टिनमै छोरा जन्माएको जिल्ला प्रहरी क...

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शुक्रबार बेलुका नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन भोलिबाट देशभर फैलिइ मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए । मौसम पूर...