करेन्ट लागेर बालिकाको मृत्यु
सर्लाही । करेन्ट लागेर सर्लाहीको हरिपुर्वा नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
आफ्नै घरमा बुधबार साँझ बिजुलीको बोर्डमा पङ्खामा तार जोड्ने क्रममा बालिकालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि लालबन्दीतर्फ लगिँद...









