छ वर्षकी बालिकाले जितिन् कोरोना

छ वर्षकी बालिकाले जितिन् कोरोना
काठमाडौँ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो । यही ज...

जातीय भेदभाव र छुवाछूत निर्मूल गर्न आग्रह

जातीय भेदभाव र छुवाछूत निर्मूल गर्न आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको आज १४ वर्ष पूरा भएको अवसरमा शुभकामना व्यक्त गर्दै जातीय भेदभाव र छुवाछूत निर्मूल गर्न सबैलाई आग्रह गरेको छ । सरकारले २०६३ साल जेठ २१ नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । सोही अवसरमा आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले बुधबार प्रेस विज्ञप्ति जारी...

प्रदेश नं २ मा थप ४४ सहित संक्रमितको संख्या ८५९ पुग्यो

प्रदेश नं २ मा थप ४४ सहित संक्रमितको संख्या ८५९ पुग्यो
जनकपुरधाम । प्रदेश नं २ मा कोरोना संक्रमितको संख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घन्टामा तीन महिलासहित ४४ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि सो संख्या पुगेको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ जना, पर्सामा सात जना, सप्तरी र सिरहामा एक÷एक जना गरी ४४...

थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ३०० पुग्यो

थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ३०० पुग्यो
काठमाडौँ । नेपालमा बुधबार २०१ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न स्वस्थ्य प्रयोगशालामा गरिएका परीक्षणमा २०१ जनामा संक्रमण थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता डा विकास कोइरालाले दिएको जानकारीअनुसार थपिएका संक्रमितहरुमा २२ महिला र १७९ पुरुष रहेका छन् । यससँगै नेपालमा कोराोना भाइरसका संक्रमितको संख्या ...

धारिलो हतियार प्रहार गरी एकको हत्या

धारिलो हतियार प्रहार गरी एकको हत्या
कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा मंगलबार राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए । हत्या अरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक जोशीले बताए । म...

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट
डोटी । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना सङ्क्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उनलाई गालीगलौज गर्दै ढुङ्गामुढा प्रहार गरी घाइते बनाएको बताइएको छ । स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आक्रमण गरेको घाइत...

छुवाछूत समाजको विडम्बना : मुख्यमन्त्री गुरुङ

छुवाछूत समाजको विडम्बना : मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव–मानवबीचमा जातका आधारमा भेदभाव तथा छुवाछूतजन्य व्यवहार र गतिविधि देखिनु विडम्बनापूर्ण रहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बुधबार एक सन्देश प्रकाशित गर्दै उनले समाजमा अहिले पनि सामन्तवादको अवशेषका रूपमा छुवाछूतजन्य व्यवहार कायम रहेको र यस्तो कुरा रत्तिभर पनि सह्य नहुने स्पष्...

घूस लिएको अभियोगमा दुई पक्राउ

घूस लिएको अभियोगमा दुई पक्राउ
ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई लाख घूस लिएको अभियोगमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ रु दुई लाख घुससहित रङ्गेहात पक्राउ गरिएको हो । उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुग...

डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु

डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु
कैलाली । डडेल्धुराको क्वारेन्टाइनमा रहेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोटस्थित क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिला र उनका श्रीमान् भारतबाट चार दिनअघि आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिए । सप्रनि विष्टका अनुसार मंगलबार राति श्रीमान...

नयाँ नक्सामा सुस्ता समेट्न आग्रह

नयाँ नक्सामा सुस्ता समेट्न आग्रह
नवलपरासी । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुस्ता गाउँपालिका–५ सुस्ताको १४ हजार ५०० हेक्टर भारतले अतिक्रमित गरिसकेकाले नयाँ नक्सामा सुस्ता...