बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा आइतबार राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ...

क्वारेन्टिनमा रहेका सबैलाई निःशुल्क पिसिआर परीक्षण गर्न सर्वोच्चको आदेश

क्वारेन्टिनमा रहेका सबैलाई निःशुल्क पिसिआर परीक्षण गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पिसिआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आज कोभिड–१९ विरुद्ध प्रत्यक्ष र अग्रिम पङ्क्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गर...

थप दुईसहित मृत्यु हुनेको संख्या आठ पुग्यो

थप दुईसहित मृत्यु हुनेको संख्या आठ पुग्यो
काठमाडौँ । कोभिड–१९ बाट आइतबार थप दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दैलेख र बाजुरामा एक एकजनाको मृत्यु भएको जानकारी दिए । योसँगै कोभिड–१९ को कारणले मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । दैलेखका दुल्लू नगरपालिका–११ का ३५ वर्षीय पुरुष स्थानीय विद्युत् प्राधिकरणको क्यारेन्टिनमा बसेको मृत्यु भएको थियो । उनको स्वाब...

थप १६६ सहित संक्रमितको संख्या १५६७ पुग्यो

थप १६६ सहित संक्रमितको संख्या १५६७ पुग्यो
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण आइतबार एकै दिन १६६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा १६६ जनामा सङ्क्रमण देखिएको बताए । ती सङ्क्रमितमध्ये पुरुष १६२ र महिला चारजना रहेका छन् । शनिबार १८९ र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका स...

लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । विश्वव्यापी प्रकोपका रुपमा फलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले यही जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय यही जेठ २० राति १२ बजे सकिँदै थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले ‘लकडाउन’ लम्बाउने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्...

कपिलवस्तुमा एकैदिन ७७ मा कोरोना संक्रमण

कपिलवस्तुमा एकैदिन ७७ मा कोरोना संक्रमण
कपिलवस्तु । एकैदिन ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज भेटिएका संक्रमितमध्ये दुई महिला र अन्य पुरुष छन् । दश पालिकामध्ये आज महाराजगञ्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा गाउँपालिकामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । संक्रमितहरु तीन साताअघि भारतका विभिन्न शहरबाट आई क्वारेन्टिनमा बसेको प्रजिअ पौडेलले बताए । महाराजगञ...

कूटनीतिक वार्तामार्फत भूमि फिर्ता लिने मन्त्री अर्यालको दाबी

कूटनीतिक वार्तामार्फत भूमि फिर्ता लिने मन्त्री अर्यालको दाबी
काठमाडौँ । भूमि व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतसँग कूटनीतिक वार्तामार्फत निर्विकल्प सरकार आफ्नो भूमि फिर्ता ल्याउने दाबी गरेकी छन् । प्रोग्रेसिभ इञ्जिनियरिङ एशोसिएसन नेपाल (पीन) गण्डकीले आयोजना गरेको भौगोलिक सूचना प्रणाली (जिआइएस एण्ड रिमोट सेन्सिङ एप्लिकेसन) सम्बन्धी दुईदिने अनलाइन तालिमको आज उद्घाटन गर्दै उनले हालै नक्सामा समावेश गरेको का...

नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४०१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४०१ पुग्यो
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा एकै दिन १८९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १८९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । जसमा १८५ ...

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काइने

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काइने
काठमाडौँ । सरकारले कोभिड–१९ को असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने भएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउने भएको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताए । समितिले ‘नेपाल आउने नागरिकलाई ल्याउनसम्बन्धी आदेश– २०७७’ को...

शुक्रबार एकैदिन १७० सहित संक्रमितको संख्या १ हजार २१२ पुग्यो

शुक्रबार एकैदिन १७० सहित संक्रमितको संख्या १ हजार २१२ पुग्यो
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आज एकैदिन १७० जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घन्टामा थप १७० जनाका सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १...