चीनबाट स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया टुङ्गियो : सेना

चीनबाट स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया टुङ्गियो : सेना
– अशोक घिमिरे काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुङ्गिएको नेपाली सेनाले जनाएको छ । आज जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गिएको जनाएको हो । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट ३४२ टन स्वास्थ्य सामग्री सरकार–सरकार (जिट...

नेपालमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो

नेपालमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या ११ थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा ११ जनामा सङ्क्रमण देखिएको बताए । उदयपुरमा आज थप १० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा ११ जनामा सङ्क्रमण देखिए...

काँग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दै

काँग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पार्टीको पदाधिकारीको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बोलाइएको बैठकमा सरकारले सोमबार दुई अध्यादेश जारी गरेको सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कोरोनाको सङ्क्रमणसँग पूरै विश्व एक भएर लडिरहेका बेला सरका...

उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार पूर्णरुपमा बन्द

उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार पूर्णरुपमा बन्द
भोजपुर । छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लासंँग जोडिएका नाका बन्द गर्दै बजार पूर्णरुपमा बन्द गर्ने निर्णय भएको भोजपुर उद्योग वाणिज्य संघको घोडेटार शाखाले जनाएको छ । संघको घोडेटार शाखा र शाखाअन्तर्गत बनेको बजार व्यवस्थापन ...

बिहेको प्रलोभन देखाएर जबर्जस्ती बलात्कार

बिहेको प्रलोभन देखाएर जबर्जस्ती बलात्कार
गोरखा । गोरखामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । पक्राउ परेका सिर्मलले १६ वर्षीया किशोरीलाई बिहेको प्रलोभन देखाई जबर्जस्ती बलात्कार गरेको पाइएको उनले बताए । वैशा...

पसलमा आगलागी हुँदा एक किशोरको मृत्यु

पसलमा आगलागी हुँदा एक किशोरको मृत्यु
गुल्मी । चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बसपार्कको एक किराना पसलमा आगलागी हुँदा एक किशोरको मृत्यु भएको छ । आगलागीमा परी व्यवसायी पूर्णबहादुर खनालका १६ वर्षीय छोरा समिरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । आगलागीबाट समिरको घटनास्थलमै ज्यान गएको तथा मृतकका बावुु ४५ वर्षीय पूर्णबहादुर, आमा ४२ वर्षीया रुपा र निजका दाजु २...

कोभिड–१९ ले नेपालमा पारेको मनोवैज्ञानिक असरबारे अनुसन्धान

कोभिड–१९ ले नेपालमा पारेको मनोवैज्ञानिक असरबारे अनुसन्धान
-शरद शर्मा काठमाडौँ । सरकारले कोभिड–१९ को कारणले सर्वसाधारण र चिकित्सकमा पारेको प्रभावबारे अध्ययन गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ ले सर्वसाधारण र चिकित्सकको के कस्तो असर परेको छ, सोबारे अनुसन्धान सुरु गरिएको हो । परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले जनमानसमा नै त्रसित गराउने कोभिड–१९ ले मानिस र ...

रड प्रहार गरी बुवाको हत्या

रड प्रहार गरी बुवाको हत्या
धनुषा । धनुषामा शनिबार राति एक युवकले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् । शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनीले रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरायसी कुरामा झगडा परेपछि बुवाको टाउकामा रड प्रहार गरी छोराले हत्या गरेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी ...

सुर्खेतका मस्जिदमा धार्मिक गतिविधि बन्द

सुर्खेतका मस्जिदमा धार्मिक गतिविधि बन्द
सुर्खेत । कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन लागू गरेको झण्डै एक महिना बित्न लाग्दा बल्ल सुर्खेतस्थित मस्जिदले धार्मिक गतिविधि बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेका बेला वीरेन्द्रनगर–१० बेलघारी पिपिरास्थित मस्जिदले आइतबारदेखि धार्मिक गतिविधि बन्द गरेको हो । मस्जिदले इमाम तथा मोहोजिमबाहेक अन्यलाई संयुक्तरुपमा नमाज पढ्न बन्द गरेको हो । वीरेन्द्रनगरस्थित बढी...

बन्दाबन्दी उल्लंघन गर्नेलाई तीन घन्टा कक्षा

बन्दाबन्दी उल्लंघन गर्नेलाई तीन घन्टा कक्षा
चौतारा । सिन्धुपाल्चोकमा कोभिड–१९ संक्रमणबाट सुरक्षित रहन लगाइएको बन्दाबन्दी उल्लंघन गर्नेलाई डेढघन्टा सडकमा उभ्याइने गरेको छ । अर्को डेढघन्टा कोरोना भाइरस संक्रमणविरुद्ध जानकारी गराई सम्झाइबुझाई छाडिने गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्लामा हालसम्म लकडाउन उल्लंघन गर्नेलाई तीन हजार ३६९ जनालाई कारबाही गरिनाका साथै २४६ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ...