‘कोभिड १९’ रोकथाममा लाग्न स्वास्थ्यमन्त्री आग्रह

‘कोभिड १९’ रोकथाममा लाग्न स्वास्थ्यमन्त्री आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्वरभर फैलिएको ‘कोभिड १९’ को रोकथामको प्रयास साझा रहेको भन्दै यसका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । बिहीबार मन्त्रालय र प्रेस काउन्सिल नेपालले संयुक्त रुपमा आयोजना गरेको कोरोना भाइरस सङ्क्रमण र मिडियाको भूमिका विषयक छलफलमा मन्त्री ढकालले महामारी नियन्त्रण एक्लैको प्रयासले नहुने भन्दै सबैको सहयोग आवश्यक हुने ...

पेट्रोलमा कालोबजारी गर्ने तीन जना प्रहरीको फन्दामा

पेट्रोलमा कालोबजारी गर्ने तीन जना प्रहरीको फन्दामा
राजविराज । सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको छ । नगरपालिका–५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर रु १२० का दरले बिक्री वितरण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए । पक्राउ पर्नेमा नगरपालिका–७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नं ५ का ३...

एसइई परीक्षा केन्द्र सुनसान, विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न बोर्डको आग्रह

एसइई परीक्षा केन्द्र सुनसान, विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न बोर्डको आग्रह
काठमाडौँ- सरकारले बिहीबारदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेपछि परीक्षा केन्द्र सुनसान बनेका हु...

कोरोना रोकथामका लागि शैक्षिक परामर्श र तालिमका कार्यक्रम पनि बन्द

कोरोना रोकथामका लागि शैक्षिक परामर्श र तालिमका कार्यक्रम पनि बन्द
काठमाडौँ- सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षा स्थगन गरेसँगै शैक्षिक प्रतिष्ठानका तालिम र परामर्श केन्द्रका कार्यक्रम पनि बन्द गराउने निर्णय गरेको छ । कोभिड– १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको निर्णय कार्यान्वयनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयले हाल स...

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पन्ध्र घाइते

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पन्ध्र घाइते
नवलपरासी- पश्चिम नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पन्ध्र घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सरावल गाउँपालिका–१ बासामा कार र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बर्दघाट–४ का ५३ वर्षीय रत्नबहादुर कामीको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१च ९६२२ नंको कार र...

कोरोनाको जोखिमबाट बच्न भारतीय नागरिक धमाधम नेपाल आउँदै

कोरोनाको जोखिमबाट बच्न भारतीय नागरिक धमाधम नेपाल आउँदै
काठमाडौँ- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विश्वभर महामारीको रुपमा फैलिएपछि आममानिसमा त्रास बढेको छ । विश्व स्वास्थ्य संगठनले अहिलेसम्म नेपाललाई मात्र सुरक्षित देशका रुपमा चित्रण गरेको छ । यद्यपि, अब नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिनसक्ने भन्दै कडा चेतावनीसमेत दिएको छ । पछिले समय संक्रमण बढी भएका मुलुकहरुका नागरिकले आफ्नो देश छाडेर सुरक्षित वा कम जोखिम रहेका दे...

जमुनाह नाकामा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइयो

जमुनाह नाकामा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइयो
बाँके । कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपाल–भारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ । दुवै देशका सुरक्षार्मीले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक लगाएका छन् । नेपालतर्फ चौलिक्का चोकसम्म मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ । सवारीसाधन सचालनमा रोक लगाए पनि पैदल आवातजावत भने यथावत रह...

कोरोना अब नेपालसहित दक्षिण पूर्वी एसियामा फैलिन सक्ने डब्लुएचओको चेतावनी

कोरोना अब नेपालसहित दक्षिण पूर्वी एसियामा फैलिन सक्ने डब्लुएचओको चेतावनी
काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस (कोभिड-१९) को महामारी अब नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ । डब्ल्यूएचओ दक्षिण पूर्वीएसियाकी क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भनेकी छिन्, ‘अवस्था तीव्र गतिमा बिग्रँदै गएको छ । हामीले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउन जरुरी छ ।’ दक्षिण ...

कोभिड–१९ बाट बच्न शान्ति सैनिकलाई उच्च सतर्कता अपनाउन निर्देशन

कोभिड–१९ बाट बच्न शान्ति सैनिकलाई उच्च सतर्कता अपनाउन निर्देशन
काठमाडौँ । संयुक्त राष्ट्रसंघले कोभिड– १९ सम्भावित सङ्क्रमणबाट जोगिन शान्ति सैनिकलाई नियन्त्रणात्मक र निषेधात्मक उपाय अवलम्बन गरी उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । संयुक्त राष्ट्रसंघ न्यूयोर्कबाट सतर्कता अपनाउन निर्देशन प्राप्त भएको र सैनिक मुख्यालय जङ्गीअड्डाबाट समेत शान्ति मिसनमा तैनाथ नेपाली शान्ति सैनिकलाई निरन्तर आवश्यक निर्देशन भइरहेको सैनिक जनसम्पर्क तथा सूचना नि...

कोरोनाको रोकथामका लागि सबै शिक्षण संस्था, सिनेमा हल बन्द, २५ भन्दा बढी भेला हुन नपाइने

कोरोनाको रोकथामका लागि सबै शिक्षण संस्था, सिनेमा हल बन्द, २५ भन्दा बढी भेला हुन नपाइने
काठमाडौँ । सरकारले बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन यही चैत मसान्तसम्मका लागि बन्द गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले कोरोना भाइरस रोकथामका लागि चलचित्रघर, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, शारीरिक व्यायामस्थल, हेल्थ क्लब, सङ्ग्रहालय, स्विमिङपुल, मनोरञ्जनस्थल, डान्सबार त...