कोरोनाभाइरसबाट जोगिन नेपालीलाई भारत नजान आग्रह

कोरोनाभाइरसबाट जोगिन नेपालीलाई भारत नजान आग्रह
टीकापुर- कैलालीको टीकापुर नगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ । यो समय नेपाली नागरिक बढी मात्रामा घर फर्कने समय हो । हाल भारतबाट दैनिक सयौँ नेपाली होली पर्व, चैते दसैँ तथा नयाँ वर्ष मनाउनका लागि नेपाल फर्किन थालेका छन् । नगरपालिकाले भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षणमा विशेष ख्याल गर...

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा आइतबार मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । “मोटरसाइकल दुर्घटनामा परी चार घाइते भएका थिए”, प्रहरी निर...

भागबण्डाको राजनीतिले गलत प्रवृत्ति मौलायो : डा कोइराला

भागबण्डाको राजनीतिले गलत प्रवृत्ति मौलायो : डा कोइराला
लहान- नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले भागबण्डाको राजनीतिले काँग्रेसमा गलत प्रवृत्ति मौलाइरहेको बताएका छन् । नेपाल प्रेस युनियन सिरहाले लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डा कोइरालाले भने, “भागबण्डा मिल्यो भने ठीक नभए बेठीक भन्ने प्रवृत्ति पार्टीभित्र देखिएको छ, यसले कदापि पार्टीलाई भलो गर्दैन, म कुनै गुट वा उपगुटको राजनीति गर्दिनँ, भागबण्डाको राजनीतिको विरु...

नदीमा डुबेर बालकको मृत्यु

नदीमा डुबेर बालकको मृत्यु
लमजुङ- चेपे नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । राइनास नगरपालिका–७ का १४ वर्षीय अनिश नेपालीको लमजुङ र गोरखाको सिमानामा पर्ने चेपे नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले बताए । पौडी खेल्ने क्रममा डुबेको अवस्थामा देखिपछि स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरी उक्त स्थानमा प्रहरी पुगेर शव निकालेको...

नागरिकलाई सुरक्षाको अनुभूति गराउनु प्रहरीको दायित्व : महानिरीक्षक ज्ञवाली

नागरिकलाई सुरक्षाको अनुभूति गराउनु प्रहरीको दायित्व : महानिरीक्षक ज्ञवाली
काठमाडौँ- प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले संठनले लिएको लक्ष्य र उद्देश्यअनुरुप सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिँदै महानिरीक्षक ज्ञवालीले नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अझ बढी संवेदनशील एवं सक्रिय हुनुपर्ने बताएका हुन् । प्रहरी कर्मचारीको मनोबल उच्च बनाई उ...

जिप दुर्घटना चालकको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना  चालकको मृत्यु, ६ जना घाइते
धनगढी- धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । सो राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ पनतोलीमा सो जिप आज बिहान सडकबाट २५० मिटर तल खसेर दुर्घटना परेको थियो । मृत्यु हुन...

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् । यसै अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानका रूपमा ‘समानताको...

आफैँलाई गोली हान्दा एकजना सशस्त्र प्रहरी घाइते

आफैँलाई गोली हान्दा एकजना सशस्त्र प्रहरी घाइते
सर्लाही । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैँले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए । सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलंगवामा समान्य उपचार गर...

पत्रकार साहको हत्यामा संलग्न १२ वर्षपछि पक्राउ

पत्रकार साहको हत्यामा संलग्न १२ वर्षपछि पक्राउ
कलैया- पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पक्राउपर्नेमा कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारागढी गाउँपालिका वडा नं ६ गडहलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए । विसं २०६४ असोज १८ गते कलैयाबाट पिपरा बजार जाने क्रममा तत्कालीन अवस्थामा भूमिगत रहेको नेकपा माओवादीले अपह...

कुटपिट गरी भाइको हत्या

कुटपिट गरी भाइको हत्या
कैलाली- कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । कुटपिटबाट घाइते भएका बालकको उपचारका लागि अस्पताल लैजाँदै ...