होलीका दिन फेवातालमा कार खस्यो, चार घाइते
पोखरा- फेवातालमा सोमबार मध्यान्ह कार खस्दा ४ जना घाइते भएका छन् । खपौदीबाट लेकसाइडतर्फ आउँदै गरेको ग२च ६९१२ नम्बरको कार सोमबार बिहान ११ः३० मा सेदीबाट तालमा खस्दा ४ जना सामान्य घाइते भएका हुन् । कार घुम्तीमा मोड्नेक्रममा १ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको वडा प्रहरी कार्यालय, बैदामले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा पोखरा–६, लेकसाइडका ३२ वर्षे चिरण बस्नेत, वर्ष ३१ क...









