काँग्रेसद्वारा संसद्को विशेष अधिवेशन बोलाउन माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।
काँग्रेसको कोभिड—१९ अनुगमन समितिले कोरोना महामारीका कारण मुलुकमा मानवीय र आर्थिक संकट गहिरिँदै गएको र सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै यस विषयमा छलफल गर्न संसदको विशेष अधिवेशन बोल...








