आइतबार २०७१ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२ जनाको निधन

आइतबार २०७१ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२ जनाको निधन
काठमाडौँ । नेपालमा आइतबार २०७१ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ । पछिल्लो २४ घन्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । ...

भारत लगेर युवती बेच्नेविरुद्ध मुद्दा

भारत लगेर युवती बेच्नेविरुद्ध मुद्दा
काठमाडौँ । भारतको वेश्यालयमा युवती बेच्ने कार्यमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई प्रहरीको मानव वेचविखन अनुसन्धान ब्यूरोले मुद्दा चलाएको छ । विसं २०७२ मा महिलालाई भारत लगेर बिक्री गरेको भनी प्राप्त उजुरीका आधारमा ब्यूरोले सिन्धुपाल्चोकको मेलम्ची बस्ने ५२ वर्षीय टाउटाउ तामाङलाई मानव बेचबिखनसम्बन्धी मुद्धा चलाएको हो । उनले निम्न वर्गीय परिवारकी २० वर्षिय युवतीलाई आकर्षक तलब...

नेपालमा एकैदिन ५००८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

नेपालमा एकैदिन ५००८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
काठमाडौँ । नेपालमा शनिबार हालसम्मकै उच्च अर्थात् ५००८ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सं...

डा केसीलाई अनसन तोड्न सरकारको आग्रह

डा केसीलाई अनसन तोड्न सरकारको आग्रह
काठमाडौँ । सरकारले डा गोविन्द केसीलाई अनसन तोड्न गर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवम् वार्ता टोलीका संंयोजक गोपी मैनालीले शनिबार विज्ञप्ति जारी गर्दै विश्वव्यापी कोरोना भाइरसले मुलुक आक्रन्त भएको हालको अवस्थालाई आत्मसात् गर्दै अनसन तोड्न आग्रह गरेका हुन् । उनले सरकार केसीले उठाएका मागप्रति संवेदनशील भएको भन्दै सरकार गुणस्तरीय चिकित्सक शिक्ष...

सरकारले जारी गर्‍यो चाडपर्व मनाउँदा जनस्वास्थ्य मापदण्ड

सरकारले जारी गर्‍यो चाडपर्व मनाउँदा जनस्वास्थ्य मापदण्ड
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ । मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता ...

एकै परिवारका आठ जनामा कोरोना सङ्क्रमण

एकै परिवारका आठ जनामा कोरोना सङ्क्रमण
अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घरपरिवारका आठ जनामा कोरोना सङ्क्रमण भएको छ । शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो । उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए । यससँगै शनिबार जिल्लामा थप ३४ कोरोना सङ्क्रमित बिरामी थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य ...

कोभिड-१९ लाई केन्द्रविन्दुमा राखेर विशेष सुरक्षा योजना लागू गर्न निर्देशन

कोभिड-१९ लाई केन्द्रविन्दुमा राखेर विशेष सुरक्षा योजना लागू गर्न निर्देशन
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कति...

संक्रमण बढेपछि उपत्यकामा संयुक्त सुरक्षा योजना लागू गर्ने तयारी

संक्रमण बढेपछि उपत्यकामा संयुक्त सुरक्षा योजना लागू गर्ने तयारी
काठमाडौँ । काठमाडौँ उपत्यकाको तीन जिल्लाले सुरक्षा योजना बनाए पनि त्यसलाई एकीकृत गरेर संयुक्त सुरक्षा योजना बनाउने तयारी गरिएको छ । उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तीनै जिल्लाका प्रमुखलाई योजना बनाएर पेश गर्न निर्देशन दिइसकिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले भने सुरक्षा योजना पेश गरिसकेको छ । अन्य जिल्लाबाट समेत आउने क्रममा छ । ...

नेपालमा कोरोना सङ्क्रमण समुदायमा फैलिएकोबारे ‘एन्टिबडी’ परीक्षण सुरु

नेपालमा कोरोना सङ्क्रमण समुदायमा फैलिएकोबारे  ‘एन्टिबडी’ परीक्षण सुरु
काठमाडौँ । सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली शुक्रबारदेखि सातवटै प्रदेशमा खटाएको छ । काठमाडौँमा तालिमपश्चात टोलीलाई शुक्रबार प्रदेश खटाइएको हो । महाशाख...

आक्रमणको छानबिन गर्न नेविसंघको माग

आक्रमणको छानबिन गर्न नेविसंघको माग
काठमाडौँ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले शुक्रबार एक विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे । “शान्तिपूर्ण आन्दोलनमार्फत वार्ताका माध्यमबाट गरिएको सहमति लागू नगर्ने प्रपञ्च रचेर पदाधिकारीको निर्देशनमा उपप्राध्यापकमाथि आक...