बुधबार थपिए ११७२ संक्रमित, एकैदिन १८९३ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार बुधबार थप ११७२ सहित ६७ हजार ८०४ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो चौबीसघन्टामा सात जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई १८९३ जना डिस्चार्ज भएका छन्...







