दुई हजार एक सय बढी प्रहरी कोरोना सङ्क्रमित

दुई हजार एक सय बढी प्रहरी कोरोना सङ्क्रमित
काठमाडौँ । नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा सङ्क्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए । काठमाडौँ उपत्यकाका तीन जिल...

कोरोना संक्रमणबाट युएईमा थप पाँच नेपालीको मृत्यु

कोरोना संक्रमणबाट युएईमा थप पाँच नेपालीको मृत्यु
काठमाडौँ । पछिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म विभिन्न १६ देशमा २०० नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । समितिका संयोजक...

शनिबार थपिए १०४१ संक्रमित, १५६६ जना डिस्चार्ज

शनिबार थपिए १०४१ संक्रमित, १५६६ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १२ हजार ४७३ जनाको पिसिआर परीक्षणका क्रममा १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । जसमा १७ ह...

सवारी दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

सवारी दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते
सिरहा । सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका¬–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ट्र्याक्टरमा गएराति अन टेष्ट नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु ...

बलात्कारमा संलग्न रहेको आरोपमा दुई युवक पक्राउ

बलात्कारमा संलग्न रहेको आरोपमा दुई युवक पक्राउ
सिरहा । एक युवतीलाई सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश यादव रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सन्तकुमार जैसवालले...

कर्मचारीलाई कोरोना देखिएपछि एक हप्ता नगरपालिका बन्द

कर्मचारीलाई कोरोना देखिएपछि एक हप्ता नगरपालिका बन्द
काठमाडौँ । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्य...

कास्कीमा निषेधाज्ञा एक हप्ता थपियो

कास्कीमा निषेधाज्ञा एक हप्ता थपियो
पोखरा । कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाइका साथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञ...

रुपन्देहीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देहीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए...

हेटौँडामा कोरोना सङ्क्रमणबाट मृत्यु

हेटौँडामा कोरोना सङ्क्रमणबाट मृत्यु
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा कारोना संक्रमणवाट ५२ वर्षीया एक महिलाको आज मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ११ की ५२ वर्षीया महिलाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार गराउने क्रममा मृत्यु भएको सो कलेजले जनाएको छ । निमोनियाको उपचारका लागि यही भदौ १० गते भर्ना भएकी ती महिलामा भदौ ११ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । अस्पतालको सघन उ...

कोरोनासम्बन्धी नीति निर्माणमा महिला सहभागिता गराउन सर्वोच्चको आदेश

कोरोनासम्बन्धी नीति निर्माणमा महिला सहभागिता गराउन सर्वोच्चको आदेश
काठमाडौँ । कोभिड–१९ को रोकथामसँग सम्बन्धित कुनै पनि छलफल, योजना निर्माण, व्यवस्थापन, अनुगमनलगायत निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले बिहीबार कोरोनासम्बन्धी बन्ने सबै समितिमा संविधानको समानुपातिक समावेशिताको मर्म र लैंगिक समानताको ...