कोरोनाको जोखिमबारे कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

कोरोनाको जोखिमबारे कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेपाली काँग्रेसले १२० दिन लामो बन्दाबन्दी खुले पनि कोरोना भाइरस सङ्क्रमणको खतरा कायमै रहेकाले यसमा थप सचेतता अपनाउन आवश्यक रहेको जनाएको छ । काँग्रेसको ‘कोभिड–१९ अनुगमन समिति’ले शुक्रबार पत्रकार सम्मेलन गरी कोरोना सङ्क्रमणको क्रम नघटेको, सङ्क्रमण समुदायमा फैलिनसक्ने खतरा रहेकाले परीक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र स...

विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण गरिने

विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण गरिने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण गरिने बताएका छन् । शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफलमा उनले भारतबाट स्वदेश फर्किने नागरिकको सीमा नाकामै स्वाब सङ्कलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँच दिनपछि स्वाब सङ्कलन गरेर कोरोना परीक्षणको काम भैरहेको जानकारी दिए । मन्त...

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा लागू

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा लागू
वीरगञ्ज । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पुनः अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार डाकेको सर्वपक्षीय बैठकबाट निस्केको निष्कर्षानुसार महानगरपालिकाका ३...

नेपालमा थपिए १३३ संक्रमित, १०७ जना डिस्चार्ज

नेपालमा थपिए १३३ संक्रमित, १०७ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १३३ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको ३९८७ जनाको पिसिआर परीक्षणका क्रममा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । जसमा ५३८३ जना संक्रम...

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञको सुझाव

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञको सुझाव
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बन्दाबन...

विदेशिएको पाँच महिनामा शव आयो

विदेशिएको पाँच महिनामा शव आयो
बागलुङ । गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका–७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने । दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुप¥यो । धन कमाउन विदेशिएका उनी बन्द बाकसमा फर्किए । फागुन पहिलो साता साउदी अरब पुगेका ४२ वर्षीय सुनारको गत जेठ ११ मा निधन भयो । शव भने गत सोमबार मात्र आइपुग्यो । कोरोनाले निम्त्याएको ब...

घर भत्किँदा वृद्धको मृत्यु

घर भत्किँदा वृद्धको मृत्यु
नुवाकोट । अविरल वर्षाका कारण जिल्लाको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नपा–८ हर्रेमा गएराति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए । ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाको कारण भत्किँएको र घरमा सुतिरहेका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता

नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई शुक्रबार बिहान नारायणीले बगाएको हो । सुस्ता–५ पक्लिहवास्थित ठोक्कर नं ३ मा दाउरा छोप्ने क्रममा चिप्लिएर कोइरी नदीमा खसेको र अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिक...

पहिरोमा पुरिएर मृत्यु

पहिरोमा पुरिएर मृत्यु
धादिङ । भैँसी बचाउन जाँदा पहिरोले पुरिएर बिहीबार राति एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । राति गोठमाथिबाट पहिरो झर्न लागेपछि भैँसी फुकाउन जाँदा गोठमा पहिरोले थिचेर पन्थको ज्यान गएको हो । पहिरोले पुरेर एउटा...

पृथ्वी राजमार्ग पुनः अवरुद्ध

पृथ्वी राजमार्ग पुनः अवरुद्ध
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भासिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो । अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो । यही साउन ४ र ५ गते पनि उक्त राजमार्ग अवरुद्ध भएपछि लामो समय लगाएर सञ्चालनमा ल्या...