काँग्रेसमा अनुशासन उल्लंघन गर्नेलाई धमाधम कारबाही

काँग्रेसमा अनुशासन उल्लंघन गर्नेलाई धमाधम कारबाही
काठमाडौँ । नेपाली काँग्रेसले पार्टी विधानको अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही प्रक्रिया तीव्र बनाएको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले गत तीन तहका निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, असहयोग गर्ने र पार्टीको अनुशासन उल्लंघन गर्ने अधिकांशलाई कारबाही गरेको छ । समितिमा स्थानीय, प्रदेश एवं संघीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा ...

आरडिटी पोजेटिभ भएका वृद्धको मृत्यु, कोरोना संक्रमणको आशंका

आरडिटी पोजेटिभ भएका वृद्धको मृत्यु, कोरोना संक्रमणको आशंका
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरमा रहेका एक ६५ वर्षीय वृद्धको आइतबार बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको आशङ्का गरिएको छ । ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएको डा नीरजकुमार सिंहले बताए । मृत्यु भएका ती वृद्धको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको र पछि थप उपचारका लागि वीरगञ्ज हेल्...

पूर्वडिआइजी कोइरालाको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति

पूर्वडिआइजी कोइरालाको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति
काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण रञ्जन कोइरालाको कर्तव्य ज्यानको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीश बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले आइतबार सो मुद्दामा पुनरावलोकन गर्न अनुमति दिने आदेश दिएको हो । गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको सं...

नेपालमा थपिए १३० संक्रमित, ७५ जना निको भई फर्किए

नेपालमा थपिए १३० संक्रमित, ७५ जना निको भई फर्किए
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १३० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । जसमा ५४४० जना संक्रमित उपचाररत छ...

अनशनरतको जीवनको रक्षा गर्न आग्रह

अनशनरतको जीवनको रक्षा गर्न आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट बचाउन पिसिआर परीक्षणको बढाउनुपर्ने लगायतका माग राख्दै नौ दिनदेखि अनशनरत व्यक्तिको मागको सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा अनशनरत व्यक्तिको न्यायोचित मागहरु सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न र अनशनका कारण निजहरुको स्वास्थ्यमा पर्न सक्ने असरप्रति सं...

बाढी, पहिरो र चट्याङ स् वैशाखयता १८१ को मृत्यु

बाढी, पहिरो र चट्याङ स् वैशाखयता १८१ को मृत्यु
काठमाडौँ । गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् । विपद्मा परेर २७८ घाइते भएका छन् । यसपालि सबैभन्दा बढी पहिराले क्षति गरेको छ । पहिराका कारण मात्रै १२८ जनाले ज्यान गुमाएका राष्ट्रिय वि...

पूर्वडिआइजी कोइरालाको मुद्दामा आइतबार सुनुवाइ

पूर्वडिआइजी कोइरालाको मुद्दामा आइतबार सुनुवाइ
काठमाडौँ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ । सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ ज...

नेपालमा थपिए १०९ संक्रमित, १०६ जना निको भई फर्किए

नेपालमा थपिए १०९ संक्रमित, १०६ जना निको भई फर्किए
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १०९ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको ४०७५ जनाको पिसिआर परीक्षणका क्रममा १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ । जसमा ५३८३ जना संक्...

बाढीपहिरो नियन्त्रणका लागि बजेट व्यवस्थापन गरिने

बाढीपहिरो नियन्त्रणका लागि बजेट व्यवस्थापन गरिने
काठमाडौँ । वर्षासँगै मुलुकका विभिन्न स्थानमा आउनसक्ने बाढी पहिरो र डुबान समस्या रोकथामका लागि तत्काल बजेट व्यवस्थापन हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायका उच्च पदाधिकारीको बैठकले तत्काल बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकको सहजीकरण ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गरेका थिए । आपत्कालीन अवस्थामा दैवीप...

प्रहरीमा जागिर लगाउने भनी ठग्ने पक्राउ

प्रहरीमा जागिर लगाउने भनी ठग्ने पक्राउ
काठमाडौँ । नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनी एक व्यक्तिसँग रु तीन लाख ५० हजार लिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले एक व्यक्तिलाई प्रहरीमा जागिर लगाइदिने भनी ठगी गर्ने रुकुम पश्चिमका २४ वर्षीय अनिल वलीलाई बुधबार राति पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । परिसरका प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले पक...