कोरोना भाइरसको प्रकोप : चीनबाट स्थलमार्ग भएर नेपाल भित्रिनेमाथि निगरानी

कोरोना भाइरसको प्रकोप : चीनबाट स्थलमार्ग भएर नेपाल भित्रिनेमाथि निगरानी
काठमाडौँ- स्वास्थ्यकर्मीले कोरोना भाइरस फैलिन नदिन चीनबाट स्थलमार्ग भएर नेपाल भित्रिने सर्वसाधारणमाथि निगरानी गर्ने भएका छन् । हालसम्म हवाईमार्ग प्रयोग गरेर नेपाल भित्रिने नागरिकमाथि निगरानी गरिँदै आएकामा अब चीनसितको सीमा नाकामा आवतजावत गर्नेमाथि निगरानी गरिनुका साथै सीमामा उच्च सतर्कता अपनाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सो मन्त्र...

कोरोना भाइरस संक्रमित एकजना सरकारको निगरानीमा

कोरोना भाइरस संक्रमित एकजना सरकारको निगरानीमा
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोभेल कोरोना भाइरस सङ्क्रमणको आशंकमा एक जनालाई मात्रै निगरानीमा राखेको जनाएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्कमा आएका आठमध्ये अन्यलाई कुनै निगरानीको जरुरी नभएकाले घर पठाइएको र एक जनाको मात्रै परीक्षण थालिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । विशेषगरी भाइरस सङ्क्रमण भएको क्षेत...

कोरोना भाइरस सङ्क्रमण : ‘आत्तिनुपर्ने अवस्था छैन’

कोरोना भाइरस सङ्क्रमण : ‘आत्तिनुपर्ने अवस्था छैन’
काठमाडौँ । चीनको हुवान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस एक नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । उनी त्यही प्रान्तबाट आएका नेपाली हुन् । एक जनामा देखिए पनि सङ्क्रमण बढ्नसक्ने आशङ्कामा सरकारले विभिन्न क्षेत्रमा डेस्क स्थापना गरेर सङ्क्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौँ, पोखरा, चितवन, लुम्...

चैत १ देखि प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ पूर्णरुपमा नियन्त्रण गरिने

चैत १ देखि प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ पूर्णरुपमा नियन्त्रण गरिने
विराटनगर- प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरूपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान सुरुवात गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘ब्यानर वाचन’ गरी अभियानको शुभारम्भ गरे । ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ प्रमुख नाराका साथ सुरु भएको सो अभियानअन्तर्गत आगामी चै...

नेपालमा पनि भेटियो कोरोना भाइरसको सङ्क्रमण

नेपालमा पनि भेटियो कोरोना भाइरसको सङ्क्रमण
काठमाडौँ- नेपालमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका ला...

करोडौँ कमिसन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्रमा बेथिति बढ्यो : स्वास्थ्यमन्त्री

करोडौँ कमिसन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्रमा बेथिति बढ्यो : स्वास्थ्यमन्त्री
कञ्चनपुर- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् । शुक्लाफाँटा नगरपालिका–४ असैंना स्वास्थ्यचौकीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र बन्दैन भने । पिपलाडी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै उनले सरकारबाट औजार, भवन,...

एक छोरीको रहर गर्दा एकैचोटि जन्मिए चार सन्तान, हुर्काउनै मुस्किल

एक छोरीको रहर गर्दा एकैचोटि जन्मिए चार सन्तान, हुर्काउनै मुस्किल
पोखरा- कास्कीको पुतलीबजार नगरपालिका १ का गौरव प्रधानलाई एक सन्तानको चाहना थियो । यसअघि नै पाँच वर्षको छोरा भएकाले सकेसम्म एउटी छोरी भइदिए छोराछोरी दुवैको रहर पूरा हुने चाहना स्वाभाविक पनि हो । सधैँ सोचेजस्तो कहाँ हुन्छ र ! श्रीमतीको रजस्वला रोकिएको ३७ दिनमा नै थाहा भयो गर्भमा तीन सन्तान छन् भन्ने कुरा । विगत पाँच वर्षदेखि दुबईमा रहेका प्रधानलाई सन्तानको माया त हुने नै भयो । वै...

चितवनको महानगर १० स्थित अस्पतालरोडमा खुल्यो सुविधासम्पन्न ‘देव अस्पताल’

चितवनको महानगर १० स्थित अस्पतालरोडमा खुल्यो सुविधासम्पन्न ‘देव अस्पताल’
चितवन- चितवनमा छुट्टै विशेषता र विभिन्न स्वास्थ्य सुविधासहित नमुना अस्पतालको रुपमा देव हस्पिटल प्रालिको शुभारम्भ गरिएको छ । भरतपुर महानगर १० स्थित अस्पतालरोडमा रहेको सो हस्पिटल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको हो । बुधबार नेपाल स्काउट चितवनका जिल्ला आयुक्त एवम् नेपाल स्काउट गाइड फिलोसिपका उपाध्यक्ष तीर्थराज न्यौपानेले विधिवत पूजाआजा गरी बिरामीलाई लड्डु र प्रसाद खुवाएर ह...

क्यान्सर अस्पतालको विकासमा चीनको सहयोग हुन्छ : चिनियाँ राजदूत

क्यान्सर अस्पतालको विकासमा चीनको सहयोग हुन्छ : चिनियाँ राजदूत
चितवन- नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य क्षेत्रमा चीन सरकारको सहयोग निरन्तर रहने बताएकी छन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आज चिनियाँ मेडिकल सहयोगको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी दिनमा अस्पतालको स्तरोन्नति र विकासमा सहयोग गर्न चीन दृढ रहेको बताइन् । चीन सरकारले अस्पताल बनाउन सहयोग गरेको र त्य...

चितवनमा स्वास्थ्य बिमाप्रति घट्यो रुचि, आधाले गरेनन् नवीकरण

चितवनमा स्वास्थ्य बिमाप्रति घट्यो रुचि, आधाले गरेनन् नवीकरण
-कृष्ण आचार्य (रासस) चितवन- स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको उत्साहजनक सहभागिता भए पनि नवीकरण गर्नेको सङ्ख्या कम देखिएको छ । चितवनमा बीमा गरेका ४९ प्रतिशतले नवीकरण गरेका छैनन् । जिल्लामा करिब साढे चार लाखले बीमा गरेको सरकारी तथ्यांक छ । जसमध्ये दुई लाख ३६ हजार २२३ जनाले मात्र नवीकरण गरेको स्वास्थ्य बीमा बोर्ड चितवनका दर्ता अधिकारी निर्मला भट्टराईले जानकारी दिइन् । उनले बी...