रत्ननगर उवासंघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी बिजयी, संघमा नेकपा प्यानलको वर्चश्व
महेश पाण्डे
चितवन । रत्ननगर उद्योग बाणिज्य संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशनमा भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष पदमा नेकपा प्यानलका शंकर गिरी विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा गिरीले कांग्रेस प्यानलबाट उमेदवारी दिएका देवेन्द्र कुमार श्रेष्ठलाई पराजित गरेका हुन् । जम्मा १३२५ मतदाता रहेको संघमा सोमबार भएको निर्वाचनमा ११९१ मत खसेको थियो । आज (मंगलबार) सकिएको मतगणनामा...