जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १५ हजार १८० पुगेको छ । साथै, यस संक्रमणबाट विश्वभर ७३ लाख ७३ हजार ७५६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख ३७ हजार ९४५ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख २० हजार ६३१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ९५० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ५२ हजार ९८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १४ हजार ३४१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १२ लाख २० हजार ६८६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५२ हजार ९०३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ४० हजार १८० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३८ हजार ७८० जनाको मृत्यु भएको छ ।

युरोपमा २१ लाख ३८ हजार १६३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८० हजार ८३० को मृत्यु भएको छ । एसियामा १४ लाख ५८ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३६ हजार ९३९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ७ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ५८९ जनाको मृत्यु भएको छ ।

ओसियानामा ८ हजार ८८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया