नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ५० हजार ५२५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
भारतमा हालसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ६६ हजार ५९ पुगेको छ । तीमध्ये चार लाख ९६ हजार ७६९ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १० लाख ९५ हजार ५०१ जना सङ्क्रणमुक्त भइसकेका छन् ।
त्यसैगरी पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७१६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३२ हजार ८१२ पुगेको अधिकारीले जनाएका छन् ।
प्रदेशअनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ७५ हजार ७९९ सङ्क्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा दुई लाख १३ हजार ७२३ जना र दिल्ली राज्यमा एक लाख ३० हजार ६०६ जना सङ्क्रमित भएका छन् । एएनआई