ग्रीनल्याण्ड पब्लिक स्कुलमा साहित्यिक कार्यक्रम सम्पन्न
असोज २, चितवन ।
अक्षर समूह, चितवनको आयोजना तथा ग्रीनल्याण्ड पब्लिक स्कुलको सह आयोजनामा "बालबालिकाको माझमा रमेशचन्द्र घिमिरे" कार्यक्रम सम्पन्न भएको छ ।
ग्रीनल्याण्ड पब्लिक स्कुलकि प्राचार्य इन्दिरा कार्किको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोविन्दराज बिनोदी,अतिथिहरुमा डि. बि. बर्तौला, इन्दिरा पौडेल , डा. कर्ण बानिया, नानी बिवु रहेका थिए ।
...





