बाढीले जीप बगाउँदा एक जनाको मृत्यु

बाढीले जीप बगाउँदा एक जनाको मृत्यु
कपिलवस्तु । कपिलवस्तुमा बाढीले आज जीप बगाउँदा एक जनाको मृत्यु भएको छ । वाणगङ्गा नगरपालिकाको कोइली खोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको जीप बगाउँदा गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको निधन भएको हो । वाणगङ्गा–९ भलवाडमा विद्युत् मर्मत गरेर फर्किने क्रममा बा १ च १०८९ नम्बरको जीपलाई बुधबार बाढीले बगाएको प्रहरीले जनाएको छ । नेविप्रा जित...

महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो

महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो
नयाँ दिल्ली । भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा परेर मृत्यु हुने व्यक्तिको संख्या ३९ पुगेको छ ।त्यसमा परेर निधन भएका व्यक्तिको संख्या ३९ पुगेको महाराष्ट्रको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जानकारी दिएको छ । उक्त फोर्स्ले दिएको जानकारीअनुसार त्यसमा रहेकामध्ये कम्तीमा पनि ३९ जनाको ज्यान गएको र अरु २५ जनाको उद्धार गरिएको थियो । महाराष्ट्रको भिवा...

बेलायतमा पहिले जस्तो कडा मात्रामा लकडाउन नहुने

बेलायतमा पहिले जस्तो कडा मात्रामा लकडाउन नहुने
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोभिड १९ को संक्रमणको अवस्था थप जटिल बन्दै गएको बताउनुभएको छ । उहाँले यसअघि नै चिन्ताजनक अवस्था बढ्दै गएकाले यहाँ थप प्रतिबन्धहरु लगाइने बताएको र सोही बमोजिम नयाँ प्रतिबन्धहरुको घोषणा गरिएको छ । तर ती प्रतिबन्धहरु भने त्यति कडा छैनन् । यसअघिको भन्दा खुकुलो गरी हालका लागि प्रतिबन्धको घोषणा गरिएको छ । प्रधानमन्त्री जोन्सनल...

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड १८ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड १८ लाख नाघ्यो
वासिङ्टन । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १८ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १८ लाख ६० हजार ९२४ पुगेको बुधबार प्राप्त समाचारमा जनााइएको छ । चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख ७६ हजार ७१६ नाघेको पनि सो विश्वविद...

बुधबार थपिए ११७२ संक्रमित, एकैदिन १८९३ जना डिस्चार्ज

बुधबार थपिए ११७२ संक्रमित, एकैदिन १८९३ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार बुधबार थप ११७२ सहित ६७ हजार ८०४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा सात जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई १८९३ जना डिस्चार्ज भएका छन्...

बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

बुहारी बलात्कार गर्ने ससुरा पक्राउ
भोजपुर । आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख...

तत्कालका लागि गौतमलाई थप संवैधानिक जिम्मेवारी दिन रोक

तत्कालका लागि गौतमलाई थप संवैधानिक जिम्मेवारी दिन रोक
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी दिन र लिन नपाउने गरी अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज जारी गरेको आदेशमा विषयवस्तुको गाम्भीर्य एवम् संवैधानिक महत्वलाई दृष्टिगत गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यथास्थितिमा राख्नू भनिएको छ । “विषयवस्तुको गाम्भीर्य ए...

कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौँ । कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । स्व शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको थियो । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले स्व शेर्पालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो...

मनसुन पुनः सक्रियः पाँचदिन देशभर वर्षा हुने

मनसुन पुनः सक्रियः पाँचदिन देशभर वर्षा हुने
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको छ । उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन नेपालको धेरै स्थानमा वर्षा हुनाका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले भने, “मनसुन अन्य हुने औसत समय सेप्टेम्बर २...

मंगलबार १३५६ जनामा कोरोना पुष्टि, कुल ६६ हजार ६३२ संक्रमित

मंगलबार १३५६ जनामा कोरोना पुष्टि, कुल ६६ हजार ६३२ संक्रमित
काठमाडौँ । नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार मंगलबार थप १३५६ सहित ६६ हजार ६३२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई ८२३ जना डिस्चार्ज भएका छन्...