बाढीपहिरोबाट १४ जनाको मृत्यु, ७ जना बेपत्ता

बाढीपहिरोबाट १४ जनाको मृत्यु, ७ जना बेपत्ता
काठमाडौँ । पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ । ठाउँठाउँमा आएको बाढी र खसेको पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको छ । अन्य सात जना हराइरहेका छन् भने तीन जना घाइते भएको गृहमन्त्रालयको राष्ट्...

भरतपुर अस्पताललाई प्रदेशस्तरीय सरुवा रोग अस्पताल बनाइने

भरतपुर अस्पताललाई प्रदेशस्तरीय सरुवा रोग अस्पताल बनाइने
चितवन । भरतपुर अस्पताललाई प्रदेशस्तरीय सरुवारोग अस्पताल बनाइने भएको छ । पचास श्ययाको अस्पताल निर्माणका लागि भरतपुर अस्पताललाई आवश्यक प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्राचार गरेको छ । अस्पताल विकास समतिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार मन्त्रालयले सरुवारोग रोकथाम, नियन्त्रण र उपचार एवम् स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रय...

चितवनमा एक पुरुषको मृत्युपछि कोरोना पुष्टि

चितवनमा एक पुरुषको मृत्युपछि कोरोना पुष्टि
चितवन । चितवनमा एक जनाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत् बारा कलैया नगरपालिका वडा नं १० का ७७ वर्षीय पुरुषको मृत्युपछि बिहीबार सङ्क्रमण पुष्टि भएको हो । ती पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए । ...

‘कोभिड–१९ बाट क्षति कम गर्न गम्भीर हुनुपर्छ’

‘कोभिड–१९ बाट क्षति कम गर्न गम्भीर हुनुपर्छ’
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सांसदहरुले कोभिड–१९ बाट नागरिकको जीउज्यानको सुरक्षा गर्दै क्षति कम गराउने विषयमा गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदले कोरोना महामारीको वर्तमान विषम परिस्थितिमा जनताको आधारभूत अधिकारको रुपमा रहेको स्वास्थ्य क्षेत्रल...

बिहीबार थप १४९७ जनामा कोरोना संक्रमण, एकैदिन १७ जनाको मृत्यु

बिहीबार थप १४९७ जनामा कोरोना संक्रमण, एकैदिन १७ जनाको मृत्यु
काठमाडौँ । नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार बिहीबार थप १४९७ सहित ६९ हजार ३०१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई ४५७ जना डिस्चार्ज भएका छन...

स्याङ्जामा पहिरो : एकै परिवारका ९ जनाको मृत्यु

स्याङ्जामा पहिरो : एकै परिवारका ९ जनाको मृत्यु
स्याङ्जा । पहिरामा पुरिएर स्याङ्जाको वालिङमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १४ तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तमादीमा बिहीबार बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका १० जनामध्ये ९ जनाको मृत्यु भएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । मृत्यु ह...

बुटवल कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु

बुटवल कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु
बुटवल । बुटवलमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पश्चिम नवलपरासी र अर्का कपिलवस्तु जिल्लाका हुन् । पश्चिम नवलपरासी रामग्राम नगरपालिका ३ निवासी ४९ वर्षीय पुरुषको बुधबार बिहान ४ बजे बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । कोभिड १९ पोजेटिभ भई भदौ २७ गते अस्पतालमा भर्ना भएका उनमा ज्वरो, कलेजो र स्वासप्रश्वासमा समस्या देखिएको लुम्बिन...

पहिरामा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

पहिरामा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता
वालिङ । पहिरामा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । बुधबार बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए । प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४...

कैदीबन्दीको मृत्यु शङ्कास्पद नभएको वीर अस्पतालको जिकिर

कैदीबन्दीको मृत्यु शङ्कास्पद नभएको वीर अस्पतालको जिकिर
काठमाडौँ । केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता नभएको जनाएका छन् । कारागार र अस्पतालले संयुक्त रुपमा आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यही असोज ३ गते राति उपचारका क्रममा ६३ वर्षीय जैसवालको मृत्यु सामान्य ढङ्गबाट भएको जिकिर गरेका छन् । पार्किन्सन र उच्चरक्तचापका बिरामी जैसवालको श्वासप्रश्वासमा समस...

जडीबुटी खोज्न जाँदा भिरबाट लडेर मुत्यु

जडीबुटी खोज्न जाँदा भिरबाट लडेर मुत्यु
गोरखा । धार्चे गाउँपालिका–२ केरौजाका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । लेकमा जडीबुटी खोज्न गएका ३८ वर्षीय मनीरक्ष गुरुङको भिरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनको यही असोज ५ गते नै लडेर मृत्यु भएको भए पनि घटनास्थल केरौजाबाट दुई दिनको पैदल दूरीमा पर्ने भएकाले मङ्गलबार मात्र जानकारी प्राप्त भएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । मृतक ग...