सङ्क्रमण नियन्त्रण गर्न सरकारको काम प्रभावकारी हुनुपर्छ : मन्त्री ढकाल

सङ्क्रमण नियन्त्रण गर्न सरकारको काम प्रभावकारी हुनुपर्छ : मन्त्री ढकाल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले संघ, प्रदेश र स्थानीय तहका सरकारले मिलेर कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग भर्चुअल बैठक गर्दै उनले कोभिड १९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वात्मक काम गर्नुपर्ने बताए । उनल...

चितवनमा ७९८ संक्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी !

चितवनमा ७९८ संक्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी !
चितवन । चितवनमा कोरोना सङ्क्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७९६ मध्ये १९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीका रुपमा मानेको छ । सङ्क्रमित स्वास्थ्यकर्मीहरु चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाइकर्ता र अस्पताल प...

कोरोनाबाट भैरहवामा एक महिलाको मृत्यु

कोरोनाबाट भैरहवामा एक महिलाको मृत्यु
भैरहवा । कोरोना भाइरस सङ्क्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलका अनुसार रामग्राम–५ नवलपरासी स्थायी घर भएकी ६५ वर्षीय महिलाको गए राति मृत्यु भएको हो । कोरोना पोजिटिभ देखिएपछि बुटवलमा उपचार गराइरहेकी ती महिलालाई आइसीयु आवश्यक रहेकाले तीन दिनअघि भीम अस्पतालमा भर्ना गरी उपचार भइरहेकामा गए राति मृत्यु भएको ड...

चेपाङले छोनाम न्वागी पर्वमा सामूहिक कार्यक्रम नगर्ने

चेपाङले छोनाम न्वागी पर्वमा सामूहिक कार्यक्रम नगर्ने
चितवन । विगतका वर्षमा सामूहिकरूपमा मनाइँदै आएको चेपाङको सबैभन्दा ठूलो पर्व छोनाम न्वागी यस वर्ष भने घरघरमै सीमित हुने भएको छ । कोरोना भाइरसको त्रासका कारण चेपाङ समुदायले विगतमा जस्तो सामूहिकरूपमा कुनै पनि कार्यक्रम आयोजना नगरी घरमै मनाउने भएका हुन् । नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिङ चेपाङले कोरोना भाइरसबाट बच्नका लागि यस वर्ष केन्द्रदेखि जिल्ला, गाउँपालिका र वडा...

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार
चितवन । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो । क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले क...

सिटीहलको निर्माण असोजदेखि

सिटीहलको निर्माण असोजदेखि
चितवन । भरतपुर महानगरपालिकाको महत्त्वपूर्ण परियोजना सिटीहलको निर्माण आउँदो महिनादेखि थालिने भएको छ । भरतपुर महानगरपालिका–१० मा अत्याधुनिक सिटीहलको निर्माण गर्न लागिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले सिटीहल निर्माणका लागि ठेकेदार छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । सिटीहल निर्माणका लागि आह्वान गरिएको बोलपत्रको प्राविधिक प्रस्ताव अनुमोदन भइसकेको छ । बो...

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ५६ लाख नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ५६ लाख नाघ्यो
जेनेभा । विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७९ लाख ४२ हजार ९११ व्यक्ति को...

निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास

निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास
काठमाडौँ । काठमाडौँ उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल सुरु भएको छ । निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल सुरु गरेका हुन् । “तीन जि...

मंगलबार थपिए १०६९ संक्रमित, चार वर्षीया बालिकासहित ११ जनाको मृत्यु

मंगलबार थपिए १०६९ संक्रमित, चार वर्षीया बालिकासहित ११ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १२ हजार ८८ जनाको पिसिआर परीक्षणका क्रममा १०६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । जसमा १८ ह...

हटस्पट बनेका जिल्लाहरुमा कोरोना नियन्त्रण गर्न विज्ञको सुझाव

हटस्पट बनेका जिल्लाहरुमा कोरोना नियन्त्रण गर्न विज्ञको सुझाव
काठमाडौँ । जनस्वास्थ्यविद्ले ५०० भन्दा बढी कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मंगलबार जनस्वास्थ्यविद् डा सुरेश तिवारीले १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकाले नियन्त्रण गर्नुपर्ने बताए । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्...