तरुण नेता स्याङ्तानद्वारा जन्मदिनमा ४० परिवारलाई खाद्यान्न सहयोग

तरुण नेता स्याङ्तानद्वारा जन्मदिनमा ४० परिवारलाई खाद्यान्न सहयोग
चितवन – नेपाल तरुणदल चितवन जिल्ला सदस्य सन्तोष स्याङतानको जन्मदिनको अवशर पारेर नेपाल तरुणदल कालिका नगरपालिकाले लक डाउनको समयमा कालिका नगरपालिका भित्रका अति बिपन्न ४० परिवारका लागी राहत बितरण गरेको छ । रोगले भन्दा भोकले कोहि पनि मर्न नपरोस भन्ने उदेश्यका साथ आफ्नो जन्मदिनका अवशरमा रु. २० हजारको कोष स्थापना गरी अन्य सहयोगी दाताहरुको सहयोगमा आज बाट सुरु भएको राहत बितरण कार्यक...

चितवनमा बाघको आक्रमणको घटना बढ्दै, माडीमा बाघले आक्रमण गर्दा एक युवा घाइते

चितवनमा बाघको आक्रमणको घटना बढ्दै, माडीमा बाघले आक्रमण गर्दा एक युवा घाइते
चितवन । चितवनमा बाघको आक्रमणको घटना बढ्दै गएको छ । यसैबिच माडीमा बाघले आक्रमण गर्दा एक युवा घाइते भएका छन् । यो घटनासंगै चितवनमा १५ दिनमानै बाघले मानिसलाई आक्रमण गरेको यो चौथो पटक हो । आज (शुक्रबार) .०२ः२० बजेको समयमा माडी न.पा.७ स्थित गौरीनगर सामुदायिक बनमा सोही वडाको गोपालनगर बस्ने बर्ष २५ का थमन बहादुर भुजेलाई बाघले आक्रमण गर्दा घाइते भएका छन् । भैसि चराउन गएका भुजेलला...

एकैदिन चितवनमा २४७ जना कोरोनासंक्रमित थपिए, संक्रमितको संख्या १२ हजार १३५ पुग्यो

एकैदिन चितवनमा २४७ जना कोरोनासंक्रमित थपिए, संक्रमितको संख्या १२ हजार १३५ पुग्यो
चितवन । एकैदिन चितवनमा २४७ कोरोना संक्रमित थपिएका छन् । बिहिबार स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार भरतपुर महानगरपालिकामा १९१, खैरहनीमा ५, माडी नगरपालिकामा १३, रत्ननगर नगरपालिकामा २६, राप्तीमा ४, कालिकामा ६ र इच्छाकामनामा २ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै बिहिबार सम्म चितवनमा जम्मा कोरोना संक्रमितको संख्या १२ हजार १३५ जना पुगेको छ । त्यस्तै ह...

माडीमा एक बृद्धको पोखरीमा डुबेर ज्यान गयो

माडीमा एक बृद्धको पोखरीमा डुबेर ज्यान गयो
अजित अधिकारी चितवन । माडीमा एक बृद्ध पुरुषको पोखरीमा डुबेर ज्यान गएको छ । ज्यान जानेमा माडी नगरपालिका २ सितलपुर निवासी बर्ष ६६ का देबी प्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ । मृतकका परिवारका अनुसार, गएरातीसम्म उनी परिवारकै सम्पर्कमा रहेको र एक्कासि आज (बिहिवार) बिहान ४ बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ । उनको शब पानीभित्र डुबेको अवस्थामा भेटिएको प्रहरीको भनाइ...

बेसहाराको सहारा बन्दै सहयोग गर्न पुगे तरुण बिभाग संयोजक प्रल्हाद सापकोटा ।

बेसहाराको सहारा बन्दै सहयोग गर्न पुगे तरुण बिभाग संयोजक प्रल्हाद सापकोटा ।
रवि रोषी, चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ जमुनापुर घोल खोलाको ऐलानी जग्गाको डीलमा छाप्रो बनाई वर्षौं देखि बृद्द जुठे सुनार मुटु रोगी श्रीमती र नातिनीको साथमा बस्दै आएका थिए । पहाडमा रहँदाछँदा साहुको मेलापात र उकालीओराली गर्दै दस नंग्रा खियाउँदा पनि आफ्नो र परिवारको आर्थिक उन्नतीको सम्भावना नदेखेपछी ऐलानी जग्गामा छाप्रो हालेर तीन छोरी, एक छोरा र श्रीमती संग दुख ...

मंगलबार एकैदिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुग्यो

मंगलबार एकैदिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुग्यो
महेश पाण्डे चितवन । मंगलबार एकै दिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुगेको छ । मंगलबार अर्थात जेष्ठ ४ गते एकै दिन १७ जना कोरोना संक्रमित थपिएसंगै कोरोनाको यो दोस्रो लहरमा संक्रमितको संख्या रत्ननगरमा ३६३ पुगेको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिए । मंगलबार थपिएका कोरोना संक्रमितसँगै रत्ननगरमा कोरो...

अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न मेयर दाहालको चेतावनी, कानुनी उपचार खोज्ने संकेत

अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न मेयर दाहालको चेतावनी, कानुनी उपचार खोज्ने संकेत
चितवन । आफु र महानगरलाईलाई मुछेर केहि अनलाईनमा समाचार प्रकाशन भएपछि अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चेतावनी दिएकी छिन् । उनले केही अनलाइन समाचार माध्यमहरुले चितवनको भरतपुर महानगरपालिकाले कोरोनाका संक्रमितहरुको शब व्यवस्थापन अत्याधिक रकम असुलेको भन्ने समाचार संप्रेसण गरेको पाइएको तर त्यसमा सत्यता नभएको आफ्नो फेशबुक स्टाटसनै लेखे...

चितवनको खैरहनी नगरपालिकाका युवाहरु कोविड मानव कल्याण अभियानमा ।

चितवनको खैरहनी नगरपालिकाका युवाहरु कोविड मानव कल्याण अभियानमा ।
रवि रोषी, चितवन । पुर्वी चितवन अन्तर्गत खैरहनी नगरपालिकाका युवाहरु स्वस्फुर्त रुपमा कोविड संक्रमित बिरामीहरुको लागि स्वास्थ्य परामर्श सहित मोवाइल अक्सिजन बाहनको साथमा सेवामा जुटेका छन । हेल्प डेस्क अभियान अन्तर्गत यो सेवा पुर्वी चितवन मात्र नभै पश्चिम चितवनमा पनि कोविड मोवाइल सेवा सूचारु गरेका छन् । सो सेवा अन्तर्गत आकस्मिक रुपमा अस्पताल जानू परेमा, रगतको आपतकालीन आवश्यकता ...

जापानका दिलिप शर्माद्वारा चेपाङ बालबालिकालाई खाधान्न तथा स्टेशनरी हस्तान्तरण ।

जापानका दिलिप शर्माद्वारा चेपाङ बालबालिकालाई खाधान्न तथा स्टेशनरी हस्तान्तरण ।
रवि रोषी, चितवन । जापानका दिलिप शर्मा गैर्हे बाट चितवनको मंगलपुर स्थित चेपाङ संरक्षण केन्द्रमा आश्रय लिएर शिक्षार्जन गर्दै आएका चेपाङ वालवालिकालाई १ लाख ५ हजार बरावरको खाधान्न तथा स्टेशनरी सामान प्रदान गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. १० निवासी गैरे स्टार ग्रुपका सन्चालक तथा गैर आवासीय नेपाली संघ, कान्साई जापानका उपसंयोजक समेत रहेका छन् । जापानमै रही बिगत एक दशक...

अब रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण

अब रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण सुरु भएको छ । नगर भित्रका चारवटा स्वास्थ्य संस्थामा आइतवार देखि परीक्षण सुरु गरिएको हो । रत्ननगर अस्पतालमा प्रत्येक बुधवार,बछौली स्वास्थ्यचौकीमा प्रत्येक आइतवार,पञ्चकन्या स्वास्थ्यचौकीमा प्रत्येक मंगलवार र पिठुवा स्वास्थ्य चौकीमा प्रत्येक विहीवार एन्टिजेन परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानका...