लाङटाङमा बेपत्ता विद्यार्थीको खोजीमा जुटे उद्धारकर्ता

लाङटाङमा बेपत्ता विद्यार्थीको खोजीमा जुटे उद्धारकर्ता
मेलम्ची -लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको छ । विद्यार्थी बेपत्ता भएका भनिएको निकुञ्जमापर्ने नुवाकोटको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको हो । हेली एभरेष्टको हेलिकप्टरबाट आज मध्याह्नतिर चार उद्धारकर्ता पु¥याएर आफू राजधानी फर्किएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ ...

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

ट्रकको ठक्करबाट एक युवकको मृत्यु
कैलाली- कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नं को ट्रकले प्रदेश न २–०३००४ प ९६११ नं को मोटरसाइकललाई ठक्कर दिँदा वडा नं–६ का ३६ वर्षीय रतन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइ...

बागमती प्रदेशको मन्त्रालय स्थापना गर्न जग्गाको खोजी

बागमती प्रदेशको मन्त्रालय स्थापना गर्न जग्गाको खोजी
हेटौँडा- बाग्मती प्रदेशको स्थायी राजधानी तोकिएसँगै प्रदेश सरकारले मन्त्रालयका लागि जग्गा खोजी शुरु गरेको छ । हाल प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालय साँघुरा भएको अवस्थामा सरकारले व्यवस्थित ठाउँको खोजी शुरु गरेको हो । प्रदेश सरकारले हाल खाली रहेको हेटौँडा उपमहानगरपालिका– ९ मा रहेको हेटौँडा सिमेन्ट उद्योगको जग्गालाई सदुपयोग गर्न पहल गरिरहेको मुख्यमन्त्री डोरम...

नेकपाको ११ बुँदे आचारसंहिता जारी : कसैलाई पनि ‘तँ’ भन्न नपाइने

नेकपाको ११ बुँदे आचारसंहिता जारी : कसैलाई पनि ‘तँ’ भन्न नपाइने
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । सो पार्टीले आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरी जारी गरेको आचारसंहितामा छोराछोरीको विवाहलाई सरल मितव्ययी बनाउ...

सभामुखको उम्मेदवार टुंगिएसँगै डा शिवमायाको राजीनामा

सभामुखको उम्मेदवार टुंगिएसँगै डा शिवमायाको राजीनामा
काठमाडौँ- उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले सभामुखको उम्मेदवारको टुंगो लागेसँगै आफूले पदबाट राजीनामा दिएको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर उनले संविधानले संसद्लाई नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेदवारको टुंगो लाग्नेबित्तिकै आफूले राजीनामा गरेको बताइन् । उनले आफू दलको नभई...

पर्यटकको पूर्ण सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ : पर्यटनमन्त्री

पर्यटकको पूर्ण सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ : पर्यटनमन्त्री
काठमाडौँ- सरकारले पर्यटकका लागि नेपालमा कुनै पनि सुरक्षा चुनौती नरहेको बताउँदै ढुक्क भएर भ्रमण गर्ने पर्यटकलाई आग्रह गरेको छ । कुनै पनि ठाउँमा विदेशीहरु एक्लै घुम्नसक्ने अवस्था रहेको भन्दै सरकारले पर्यटकको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराखेको जनाएको छ । नेपाल वैकल्पिक अध्ययन समाजद्वारा राजधानीमा आयोजित ‘समृद्धिमा पर्यटनको अर्थ¬राजनीति’ विषयक अन्तरक्रियामा संस्कृति, ...

वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूति स्थापना गरिने

वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूति स्थापना गरिने
सुर्खेत- वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ (बुद्ध शिक्षा प्रवचन) कार्यक्रम शुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै ‘धम्म देशना’ को शुभारम्भ गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुद्ध सरोवर निर्माणले पर्यटन क्षेत्रको वि...

सडक बनाउने क्रममा झडप भएपछि बाह्रबिसे बजारमा निषेधाज्ञा जारी

सडक बनाउने क्रममा झडप भएपछि बाह्रबिसे बजारमा निषेधाज्ञा जारी
सिन्धुपाल्चोक- जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ । बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्ष...

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । बस र चालकलाई नियन्त्रणमा लिई...

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस
काठमाडौँ- सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस गरिएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई पदाधिकारीको नाम सिफारिस गरेको मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिए । सिफारिस गरिएकामा सत्य न...