पेस्तोल देखाएर पाँच लाख नगद लुटियो

पेस्तोल देखाएर पाँच लाख नगद लुटियो
महोत्तरी- महोत्तरीको भङ्गाहा नगरपालिका–६ मदनपट्टिमा शुक्रबार साँझ दुई जनाले एक कर्मचारीका साथबाट रु पाँच लाख लुटपाट गरेका छन् । बर्दिवासस्थित फरवार्ड कम्युनिटी फाइनान्स कम्पनीमा कार्यरत सविता चौधरीलाई मोटरसाइकलमा पिछा गरेका उनीहरूले रु पाँच लाख नगद र कागजातसहितको झोला खोसेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । भङ्गाहा–६ र ...

ट्रकको ठक्करबाट बालिकाको मृत्यु

ट्रकको ठक्करबाट बालिकाको मृत्यु
दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । ट्रकको ठक्करबाट १३ व...

जापानलाई अझ नजिकबाट बुझ्न रत्ननगर महोत्सबको शुभाङ्गीको स्टलमा आउनुस–अध्यक्ष तिवारी

जापानलाई अझ नजिकबाट बुझ्न रत्ननगर महोत्सबको शुभाङ्गीको स्टलमा आउनुस–अध्यक्ष तिवारी
महेश पाण्डे चितवन । चितवनको गरिमा र गौरवको रुपमा भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यका साथ दसौँ संस्करणको रत्ननगर महोत्सव शुक्रबारदेखि टिकौली चौरमा सुरु भएको छ । रत्ननगरको टिकौली चौरमा महोत्सब चलिरहदा आयोजकले शैक्षिक परामर्शदाताहरुको स्टललाई पनि बिशेष प्राथमिकता दिएको देखिन्छ । त्यसकै फलस्वरुप जापान जाने बिद्यार्थीहरुलाई सहि जानकारी दिन सकियोस भनेर स्टल नं. १२० मा काठ...

रत्ननगर महोत्सव सुरु, स्थानीय उत्पादनलाई प्राथमिकता दिऊँ : सांसद् पाण्डे

रत्ननगर महोत्सव सुरु, स्थानीय उत्पादनलाई प्राथमिकता दिऊँ : सांसद् पाण्डे
चितवन- चितवनको गरिमा र गौरवको रुपमा भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यका साथ दसौँ संस्करणको रत्ननगर महोत्सव शुक्रबारदेखि टिकौली चौरमा सुरु भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको एक समारोहबीच पूर्वअर्थमन्त्री एवम् प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पाण्डे...

कार दुर्घटनामा भारतीय नागरिकको मृत्यु, एक गम्भीर

कार दुर्घटनामा भारतीय नागरिकको मृत्यु, एक गम्भीर
हेटौँडा- मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनाबाट...

झ्यालबाट छिरेर घरमै सुतिरहेकी किशोरीमाथि बलात्कार !

झ्यालबाट छिरेर घरमै सुतिरहेकी किशोरीमाथि बलात्कार !
पाँचथर- पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् । किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बला...

मेलम्ची खानेपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न

मेलम्ची खानेपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न
काठमाडौँ- मेलम्चीको पानी प्रशोधन गरेपछिमात्रै पाइपमार्फत घर–घरमा वितरण गर्न सुन्दरीजलमा निर्माण भएका दुवै खानेपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्नेगरी केन्द्रको निर्माण भएको हो । केन्द्रको निर्माण सम्पन्न भएकाले अब परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यहाँ रहेका प्रशोधन केन्...

माघे सक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय

माघे सक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय
पोखरा- गण्डकी प्रदेशमा माघे संक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ । मन्त्रिपरिषद्को यही २४ गते पोखरामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए । मन्त्रिपरिषद् बैठकको निर्णय आज आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रवक्ता बस्नेतले बिदाको निर्णयसहित विभिन्न ...

हिमपात र वर्षाले चिसो बढेपछि एक सातादेखि कर्णालीको जनजीवन कष्टकर

हिमपात र वर्षाले चिसो बढेपछि एक सातादेखि कर्णालीको जनजीवन कष्टकर
सुर्खेत- एक सातादेखि कर्णालीको मौसममा फेरबदल भएको छैन । यहाँका हिमाली जिल्लामा हिमपात भइरहेको छ भने पहाडी जिल्लामा दैनिक वर्षा भइरहेको छ । हिमपात र वर्षाले चिसो बढ्दै गएपछि कर्णालीको जनजीवन प्रभावित बन्दै गएको छ । हुम्ला, डोल्पा, मुगु र जुम्लाका बासिन्दा यसबाट बढी प्रभावित भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका...

दस वर्षपछि फागुन १४ मा स्ववियु निर्वाचन गर्ने निर्णय

दस वर्षपछि फागुन १४ मा स्ववियु निर्वाचन गर्ने निर्णय
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयल (त्रिवि)ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए । परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिविअन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको...