नेपालमा थप ३२३ सहित संक्रमितको संख्या चार हजार ८५ पुग्यो
काठमाडौँ । कोरोना भाइरसका संक्रमित ७२ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार ३२३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा २९२ पुरुष र ३१ महिला रहेका छन् ।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति चार हजार ८५ पुगेको छ । कुल संक्रमितमध्ये तीनहजार ७९८ जना पुरुष र २८७ जना महिला रहेका छन् ।
मन्त्रालयले अद्यावधिक गर...







