सीमामा तस्करी गर्ने समूहद्वारा प्रहरीको हत्या, सात जना पक्राउ

सीमामा तस्करी गर्ने समूहद्वारा प्रहरीको हत्या, सात जना पक्राउ
धनगढी । धनगढी उपमहानगरपालिका-१२ स्थित जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरीको हत्या घटना सीमा क्षेत्रमा तस्करी गर्ने समूहले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता प्रतिक बिष्टले मालसामान तस्करी गर्ने समूहको प्रहरी हत्या घटनामा संलग्नता देखिएको बताए । ‘‘नेपालबाट मटर भारतत...

नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति

नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजीक ल्याउने र नेपालको सामाजिक–आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन् । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा दिएको शुभकामन...

सरकार नागरिक दायित्वबाट विमुख हुन मिल्दैन : नेता नेपाल

सरकार नागरिक दायित्वबाट विमुख हुन मिल्दैन : नेता नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । महामारीको बेला राज्यले सबै नागरिकको उपचार गर्नुपर्नेमा सरकारको यस निर्णयले नागरिकमाआतङ्क सिर्जना गरेको भन्दै उनले उक्त निर्णय फिर्ता लिन माग गरेका हुन् । सङ्क्रामक रोगसम्बन्धी विद्यमान कानुनी प्रावध...

संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्न इन्सेकको आग्रह

संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्न इन्सेकको आग्रह
काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संविधानप्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर्दै जनताप्रति जवाफदेही तथा उत्तरदायी भएर कोभिड–१९ का सङ्क्रमितको परीक्षण तथा उपचारबारे निर्णय लिन सरकारसँग आग्रह गरेको छ । इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारले गत असोज १९ गते आर्थिक स्थिति भएका बिरामीको उपचार तथा परीक्षण शुल्क यही कात्तिक २ ...

पिसिआर परीक्षण नहटाउन मानव अधिकार तथा शान्ति समाजको माग

पिसिआर परीक्षण नहटाउन मानव अधिकार तथा शान्ति समाजको माग
काठमाडौँ । कोभिड–१९ सङ्क्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्करुपमा व्यापक विस्तार गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ । सङ्क्रमणको चाप अनुसार समुचित उपचारको व्यवस्था गर्नुपर्ने र सङ्क्रमण विस्तार हुन नदिन आवश्यक प्रबन्धसहित मापदण्ड अवलम्बन गर्नुपर्नेमा सरकार दिनप्रतिदिन फितलो हुँदै गएको समाजका महासचिव सुशील बस्नेतले मंगलबार विज्ञप्तिमार...

कोरोनाको निःशुल्क उपचार गर्न मानवअधिकार आयोगको माग

कोरोनाको निःशुल्क उपचार गर्न मानवअधिकार आयोगको माग
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को जटिल परिस्थितिमा सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र मृत्यु भएकाको शव व्यवस्थापन गरी नागरिकको संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी हकको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले सरकारी अस्पतालले ‘कोरोना सङ्क्रमण भई उपचारत बिर...

कोरोना उपचार लक्षित वर्गलाई मात्र निःशुल्क

कोरोना उपचार लक्षित वर्गलाई मात्र निःशुल्क
काठमाडौँ । सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार गर्न नसक्ने निरीहता व्यक्त गर्दै लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को निश्चित लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षण र उपचार खर्च गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । यो निर्णयसँगै अब सबै मानिसले कोभिड–१...

नेपालमा थप ३०९३ जनामा कोरोना पुष्टि, २१०८ जना डिस्चार्ज

नेपालमा थप ३०९३ जनामा कोरोना पुष्टि, २१०८ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा मंगलबार ३०९३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ३९ हजार १२९ पुगेको छ । पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ । ...

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी
काठमाडौँ । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध संघीय संसद् संसदीय सुनुवाइ समितिमा चार उजुरी परेका छन् अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा. युवराज खतिवडाविरुद्ध तीन र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एक उजुरी परेका छन् । सरकारले असोज १५ गते संयुक्त राज्य अमेरिकाका लागि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाह...

काठमाडौँ उपत्यकाका २३८८ सहित ३७९० जनामा कोरोना पुष्टि, थप १८ जनाको मृत्यु

काठमाडौँ उपत्यकाका २३८८ सहित ३७९० जनामा कोरोना पुष्टि, थप १८ जनाको मृत्यु
काठमाडौँ । नेपालमा सोमबार ३७९० जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ । पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ । ...