दस वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ

दस वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गर्ने भारत विहार सीतामढी जिल्ला बथनाहा ग्राम पञ्चायत भुतही–५ का ५१ वर्षीय ...

दुई महिना बित्यो, १५ जना बेपत्ता अझै भेटिएनन्

दुई महिना बित्यो, १५ जना बेपत्ता अझै भेटिएनन्
बागलुङ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो । लामो समयसम्म खोजी गर्दासमेत बेपत्ताको अवस्था पत्ता नलागेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय हुँदै देशभर उनीहरूको ह...

आइतबार २८२४ जनामा कोरोना पुष्टि, ३६२० जना डिस्चार्ज

आइतबार २८२४ जनामा कोरोना पुष्टि, ३६२० जना डिस्चार्ज
काठमाडौँ । नेपालमा आइतबार एकैदिन २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३६२० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ । हाल क्वारेन्टाइनम...

शुक्रबार ३५१७ जनामा कोरोना पुष्टि, ४०९६ जना डिस्चार्ज

शुक्रबार ३५१७ जनामा कोरोना पुष्टि, ४०९६ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा शुक्रबार एकैदिन ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४०९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख २१ हजा...

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै
काठमाडौँ । नवरात्रको आठौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स...

कक्षा १२ को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

कक्षा १२ को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै...

भारतले वीरगन्ज नाका खोल्दा सीमाक्षेत्रमा तनाव

भारतले वीरगन्ज नाका खोल्दा सीमाक्षेत्रमा तनाव
वीरगन्ज । भारतीय पक्षले एकपक्षीय रुपमा बिहीबार वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेको रक्सौल कस्टमले बिहान ६ बजेदेखि नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सीमाक्षेत्रमा तनाव सिर्जना भएको हो । कोरोना सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बिनाअनुमति सर्वसाधारलाई नेपाल भित्रन रोक लगाइएकामा भारतीय पक्षले ना...

बिहीबार ३६३७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

बिहीबार ३६३७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बिहीबार एकैदिन ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ । पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या...

कोरोना संक्रमणबाट धादिङमा तीन जनाको निधन

कोरोना संक्रमणबाट धादिङमा तीन जनाको निधन
धादिङ । कोभिड–१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल बार एशोसिएसन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोविन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ । त्रियासी वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भएको धादिङ बार एशोसिएशनका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए । दुई दिनअघि अस्पताल लगिएकामा भर्ना गर्नसमेत स...

थप ५७४३ जनाका कोरोना पुष्टि, एकैदिन २६ जनाको मृत्यु, २९९६ जना डिस्चार्ज

थप ५७४३ जनाका कोरोना पुष्टि, एकैदिन २६ जनाको मृत्यु, २९९६ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा बुधबार ५७४३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ । पछिल्लो २४ घन्टामा २६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ । ...