प्रविधि, जनशक्ति र स्रोतसाधन अभावमा मौसम विभाग
८ कात्तिक, काठमाडौं । प्राकृतिक विपद्का घटना बढिरहेका बेला नेपाल मौसम विज्ञान विभागले भने प्रविधि, जनशक्ति र स्रोतसाधनको अभाव झेलिरहेको छ ।
आफैं अनेकौं नीतिगत र प्राविधिक समस्याबाट गुज्रिरहेको विभागले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई स्थानगत सही सूचना समयमै प्रवाह गर्न पनि सकिरहेको छैन ।
आफ्नो कार्यक्षेत्र, सेवाप्रवाहको दायरा र उपलब्ध स्रोतसाधनको अवस्थालाई समेटेर विभागले ...








