जापानलाई अझ नजिकबाट बुझ्न रत्ननगर महोत्सबको शुभाङ्गीको स्टलमा आउनुस–अध्यक्ष तिवारी
महेश पाण्डे
चितवन । चितवनको गरिमा र गौरवको रुपमा भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यका साथ दसौँ संस्करणको रत्ननगर महोत्सव शुक्रबारदेखि टिकौली चौरमा सुरु भएको छ । रत्ननगरको टिकौली चौरमा महोत्सब चलिरहदा आयोजकले शैक्षिक परामर्शदाताहरुको स्टललाई पनि बिशेष प्राथमिकता दिएको देखिन्छ । त्यसकै फलस्वरुप जापान जाने बिद्यार्थीहरुलाई सहि जानकारी दिन सकियोस भनेर स्टल नं. १२० मा काठ...









