राप्तीमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राप्तीमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवन- पूर्वी चितवनको राप्ती नगरपालिका ६ हर्दीस्थित ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । टाँडीबाट लोथरतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००५ नम्बरको मोटरसाइकललाई सोही दिशामा जाँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्यांकरले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भई नयाँ मेडिकल कलेजमा लगिएकोमा गोरखा जिल्ला भीमसेन गाउँपालिका ४ का ३५ वर्षका इन्द्र तामाङको...

प्रदेश नं ३ को राजधानी तोक्ने छलफलमा कसिए प्रदेशसभा सदस्य

प्रदेश नं ३ को राजधानी तोक्ने छलफलमा कसिए प्रदेशसभा सदस्य
हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा पनि राजधानीको सम्भाव्यत अध्ययन प्रतिवेदनमाथि प्रदेशसभाको सदस्यहरुले छुट्टाछुट्टै आ–आफ्नो धारणाहरु व्यक्त गरेका छन् । प्रदेशसभा सदस्यहरुले प्रदेशका १३ जिल्लामध्ये बहुसङ्ख्यक जनतालाई पायकपर्ने काभ्रे वा मकवानपुरको हेटौँडामध्ये कुनै एक प्राथमिकताको साथ रोज्नुपर्ने सुझाव दिए । उनीहरुले व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर स्थायी र...

इरान–अमेरिका तनावले विकसित घटनाप्रति नेपालको गम्भीर चासो

इरान–अमेरिका तनावले विकसित घटनाप्रति नेपालको गम्भीर चासो
काठमाडौँ । सरकारले पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै त्यहाँ रहेका आप्रवासी कामदारको सुरक्षा नेपालको अति महत्वको विषय भएको बताएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पश्चिम एसियाको शान्ति र स्थायित्वलाई जोखिममा पार्ने गरी तनाव बढेको भन्दै सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ । साथै सरकारले सबैखाले ...

पार्टीमा एकता कायम राख्न सहमतिको विकल्प छैन : सभापति देउवा

पार्टीमा एकता कायम राख्न सहमतिको विकल्प छैन : सभापति देउवा
काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता कायम राख्न र पार्टी सङ्गठन सुदृढीकरणका लागि सहमतिको विकल्प नभएको बताएका छन् । बिहीबार आफ्नै निवास बूढानीलकण्ठमा काँग्रेसका जिल्ला सभापतिहरुको छलफलमा उनले पार्टीमा असन्तुष्ट पक्षसँग तत्काल संवाद थाल्ने र सहमतिका आधारमा अघि बढ्ने बताएको छलफलमा सहभागी काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले जानकारी दिए । सरकारले सू...

स्काभेटर दुर्घटनामा तीनको मृत्यु

स्काभेटर दुर्घटनामा तीनको मृत्यु
बनेपा- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ र रोशी गाउँपालिका–९ मा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान पनौती नगरपालिका–११ थुम्कीस्थित भित्री सडकखण्डमा सडक विभाग भक्तपुरको आयोजनामा पाटीखर्कबाट ख्याकु जाने मोटरबाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रह...

देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात
काठमाडौँ- पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताए । “पश्चिमी वायुको प्रभा...

राष्ट्रियसभामा हात्ती आतंक नियन्त्रण गर्न माग

राष्ट्रियसभामा हात्ती आतंक नियन्त्रण गर्न माग
चितवन- चितवनको राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्ती आतङ्क बढेकाले नियन्त्रण गर्न सांसदले माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद दिलकुमारी रावलले राप्ती नदी नजीकको बस्तीमा जङ्गली हात्तीले आक्रमण गरी घर भत्काएको र जनतालाई त्रसित बनाएकाले नियन्त्रण गरी पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन् । हात्तीले राप्तीस्थित लोकनारायण सापकोटा...

नारायणगढ-मुग्लिन सडक सुचारु, अब दिउँसो पनि बन्द नहुने

नारायणगढ-मुग्लिन सडक सुचारु, अब दिउँसो पनि बन्द नहुने
चितवन- पहिरो रोकथामको लागि काम गर्न भन्दै मंसिर २७ गतेदेखि दैनिक ४ घन्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार दिउँसोदेखि नियमितरुपमा सुचारु भएको छ । पछिल्लोपटक पुस २२ गते सूचना जारी गरी पुस २५ गतेबाट बन्द सडक सुचारु गरिने भनिए पनि मौसम परिवर्तन भई पानी परेसँगै आजदेखि नै सडक नियमितरुपमा सुचारु गरिएको मुग्लिन–नारायणगढ सडक आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी शिव खन...

चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ सुरु

चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ सुरु
चितवन- विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ सुरु भएको छ । नेपालमा सन् २०१३ देखि विषादी प्रयोग मुक्त दिनका रुपमा मनाउन थालिएको हो । यस वर्षको नारा ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने तय गरिएको छ । नेपालमा सन...

खैरहनीमा सातौँ संस्करणको खिचरा महोत्सवको अन्तिम तयारी

खैरहनीमा सातौँ संस्करणको खिचरा महोत्सवको अन्तिम तयारी
चितवन- पूर्वी चितवनको खैरहनी नगरपालिका–५, जबकौली गौचरणमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको सातौँ खिचरा महोत्सवको अन्तिम तयारी भएको आयोजकले जनाएको छ । थारु समुदायको माघी (खिचरा) पर्वको अवसरमा थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले महोत्सवको आयोजना गरेको हो । सभाले बुधबार पत्रकार सम्मेलनमार्फत् महोत्सवको तयारी र उद्देश्यबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको ह...