हात्ती महोत्सवअन्तर्गत इच्छाकलीलाई पेन्टिङको उपाधि
चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा जारी चितवन हात्ती महोत्सवअन्तर्गत शुक्रबार भएको हात्ती पेन्टिङ प्रतियोगिताको उपाधि इच्छाकलीले जितेकी छन् । प्रतिस्पर्धी ४ वटा हात्तीलाई पछि पार्दै इच्छाकलीले उपाधि जितेकी हुन् ।
सौराहाका पर्यटन व्यवसायी ऋषि तिवारीको इच्छाकलीले निर्धारित १०० पूर्णाङ्कमा ८९ दशमलब ६६ अंक ल्याएर प्रथम भएकी थिइन भने पर्यटन व्यवसायी गोकर्ण गिरीको जयमतीकली द्धिती...









