रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित
रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८१/ ०८२ को लागि विनियोजन गरिएको अनुमानित बजेट सर्वसम्मत पारित भएको छ ।
रत्ननगर नगरपालिकाले पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा सुशासन प्रवर्द्धनलाई जोड दिँदै आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब ४३ करोड ५३ लाख २० हजारको बजेट सार्वजनिक गरेको थियो ।
नगरको १५औँ नगरसभामा उपप्रमुख यादवप्रसाद पाठकले प्रस्तु...









