रत्ननगरकाे ईनारमा एक युवाकाे लास फेला, बिस्तृत बिवरण अाउदै

रत्ननगरकाे ईनारमा एक युवाकाे लास फेला, बिस्तृत बिवरण अाउदै
चितवन । रत्ननगरकाे एक इनारमा युवाकाे लास फेला परेकाे छ । रत्ननगर वडा नं १ र ९ काे सिमामा रहेकाे नहर छेउमा रहेकाे ईनारमा कुनै अपरिचित युवाकाे लास रहेकाे जनाइएकाे छ । स्थानीयले दिएकाे जानकारी अनुसार ईनारकाे ढकनीकाे केही भाग उघारी उक्त अपरिचित युवालाई ईनारमा सुनुयाेजित ढंगबाट फालिएको हुन सक्ने अनुमान छ । उता ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भावेष रिमालले उक्त स्थान...

गायक बिक्रम क्षेत्री र नारायणी पहारीको लोक गित “चल्यो बतास” सार्वजनिक

गायक बिक्रम क्षेत्री र नारायणी पहारीको लोक गित “चल्यो बतास” सार्वजनिक
काठमाण्डौ । गायक बिक्रम क्षेत्री र नारायणी पहारीको लोक गित “चल्यो बतास” सार्वजनिक भएको छ । भावना म्युजिक सोलुसनको आधिकारीक युट्युब मार्फत सो गित सार्वजनिक भएको हो । गितमा गायक बिक्रम क्षेत्री तथा गायीका नारायणी पहारीको आवाज रहेको छ भने मोडल बिमल अधिकारी र अनिता खत्रीको अभिनय रहेको छ । गायक क्षेत्रीले माया र प्रेममा रहेका मायालु जोडिको पिडा र ब्यथालाई गितमा समेटेको नेपालीको ...

सन नेपाल लाईफ ईन्स्योरेन्स नारायणगढको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

सन नेपाल लाईफ ईन्स्योरेन्स नारायणगढको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
चितवन । सन नेपाल लाईफ ईन्स्योरेन्सको नारायणगढमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ईन्स्योरेन्स कम्पनीको नारायणगढ शाखाद्वारा शनिबार नारायणगढमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अयार्ल को सभापतित्वमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका कार्यकारि प्रमुख राज कुमार अयार्ल र सहायक महा प्रबन्धक घनश्याम पुरि...

राष्ट्रिय टेनिसमा महिलातर्फको उपाधि प्रेरणालाई

राष्ट्रिय टेनिसमा महिलातर्फको उपाधि प्रेरणालाई
पोखरा- पोखरामा जारी १७औँ संस्करणको ‘पोखरा ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिस प्रतियोगितामा महिला एकल खुलातर्फको उपाधि प्रेरणा कोइरालाले जितेकी छन् । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज भएकोे फाइनल खेलमा सलोनी तामाङलाई ७–५ र ६–१ को सोझो सेटले पराजित गर्दै उहाँले उपाधिसहित रु ५० हजार पुरस्कार प्राप्त गरेकी छन् । उपविजेता तामाङले रु २५ हजार तथा सेमिफाइनल पुगेका भगवती विक र गङ...

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन
पोखरा- नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन गरिएको छ । कालीगण्डकी जलविद्युत् आयोजना निर्माणसँगै बनेको कृत्रिम जलाशयमा पर्वत, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल कालीगण्डकी नदीको सात किलोमिटर लम्बाइमा क्रुजसिप सञ्चालन गरिएको हो । इटहरीमा निर्माण गरिएको सो क्रुजसिप माउण्ट मकालु पानीजहाज शालिग्राम कालीगण्डकी जल यातायात (पानी जहाज) कम्पनी प्रा...

शिक्षामा लगानी बढाउन आवश्यक : प्रचण्ड

शिक्षामा लगानी बढाउन आवश्यक : प्रचण्ड
चितवन- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताएका छन् । चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा भएकाले राष्ट्र र समाजको विकासका लागि शिक्षामा लगानी ...

लोकसेवा आयोग विधेयकमा सहमति

लोकसेवा आयोग विधेयकमा सहमति
काठमाडौँ- प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा लोकसेवा आयोगसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सहमति भएको छ । उक्त विधेयकका सम्बन्धमा दफावार छलफलका क्रममा सदस्यहरुले दिएको सुझावका आधारमा समिति सचिवालयले तयार गरेको प्रतिवेदनमाथि समितिको आजको बैठकमा सदस्यबीच सहमति कायम भएको हो । नेपालको संविधानको धारा २४३ मा निजामती सेवाको पदमा नियुक्तिका लागि उपय...

एक लाख १३ हजार भूकम्पपीडितको गुनासो सम्बोधन

एक लाख १३ हजार भूकम्पपीडितको गुनासो सम्बोधन
काठमाडौँ- राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले सात हजार ४९४ पुनःनिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको यही पुस ११ र १३ गते बसेको बैठकले पुनः जाँच तथा छुट सर्वेक्षण, २०७५ एवं २०७६ बाट सङ्कलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप भएको प्राधिकरणले जनाएको हो । प्राधिकरणले तीन हजार ७६ प्रबलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९९८ ग...

देवघाट ५ लाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा

देवघाट ५ लाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा
तनहुँ- देवघाट गाउँपालिका–५ लाई सुरक्षित खानेपानी वडा घोषणा गरिएको छ । विभिन्न महत्वपूर्ण १० सूचक पूरा गरेपछि सो वडालाई नेपालकै पहिलो सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो । युनिसेफको आर्थिक सहयोग र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र (कोस्डर) गोरखाको प्राविधिक सहयोगमा सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए । सु...

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित
काठमाडौँ- प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको आइतबकारको बैठकको बहुमतले विधेयक पारित गरेको हो । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको जानकारी दिए । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त...