भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो
नयाँ दिल्ली । भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घन्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख १२ हजार ५७० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार बिहान जानकारी दिएको छ ।
पछिल्लो २४ घन्टामा भारतभर कोरोना भाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर कुल संक्रमितमध्ये तीन लाख १४ हजा...








