अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी कटौती गर्ने

अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी कटौती गर्ने
मस्को । अमेरिकन एयरलाइन्सले अग्रपंक्तिमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारीहरु कटौती गर्नुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ । निस्काशित हुन लागेकामध्ये झण्डै २९ प्रतिशत कर्मचारीहरु अमेरिकी रहेको पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । पदमुक्...

अफगानिस्तानको झडपमा १०० बढी लडाकुको मृत्यु

अफगानिस्तानको झडपमा १०० बढी लडाकुको मृत्यु
काबुल । विगत २४ घन्टामा तालिबानी समूहले देशमा गतिविधिहरू तीव्र बनाएकोले झण्डै १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । झडपमा मारिएकामध्ये अधिकांश तालीवानी समूहमा आवद्ध लडाकु रहेको अधिकारीहरूले बिहीबार बताएका छन् । सशस्त्र समूहले बिहिबार दिउँसो उत्तरी बलुन प्रान्तको दौलतबाद जिल्लामा सुरक्षा चौकीहरूमा गरेका पछिल्ला हिंसात्मक आक्रमणमा दर्जनौँ लडाकु मारिएका उत्तरी क्षेत्रका सैनिक...

भारतमा एकैदिन ३२ हजार ६९५ व्यक्ति संक्रमित

भारतमा एकैदिन ३२ हजार ६९५ व्यक्ति संक्रमित
नयाँ दिल्ली । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घन्टामा ३२ हजार ६९५ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या ९ लाख ८० हजार ७१० पुगेको केन्द्रीय स्व...

आसाममा बाढीबाट ५९ को मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित

आसाममा बाढीबाट ५९ को मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित
गुवाहाटी । भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण यहाँ जनधनको ठूलो क्षति भएको बताइएको छ । आसाममा मात्र बुधबार रातिसम्म मृत्यु हुनेको संख्या ५९ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आसामका कम्तीमा पनि ३० जिल्लाका ४५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ । तीमध्ये लाखौँ व्यक्ति घरबारबिही...

विश्वमा कोरोना संक्रमित ७८ लाख ९२ हजार व्यक्ति निको भए

विश्वमा कोरोना संक्रमित ७८ लाख ९२ हजार व्यक्ति निको भए
जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३५ लाख ४ हजार १७५ जना व्यक्तिमध्ये ७८ लाख ९२ हजार १९५ व्यक्ति संक्रमणमुक्त भएका छन् । बुधबार साँझसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ८२ हजार ३२३ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । हाल विश्वभर ५० लाख २९ हजार ६५७ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उन...

कोरोनाका कारण विश्वभर पाँच लाख ८२ हजार बढीको मृत्यु

कोरोनाका कारण विश्वभर पाँच लाख ८२ हजार बढीको मृत्यु
पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बुधबार रातिसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८२ हजार ३३७ पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३५ लाख ४ हजार ९८७ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ७८ लाख ९२ हजार २४६ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । विश्वभर सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेर...

भारतमा एकै दिन २९ हजार बढी सङ्क्रमित

भारतमा एकै दिन २९ हजार बढी सङ्क्रमित
नयाँ दिल्ली । भारतमा एकैदिन कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या २९ हजार ८४२ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घन्टामा २९ हजार ८४२ सङ्क्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल सङ्क्रमितको संख्या नौ लाख ४१ हजार ६६० पुगेको छ । ...

अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्वआदेश फिर्ता

अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्वआदेश फिर्ता
न्यूयोर्क । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ । हार्वर्ड र एमआईटी विश्वविद्यालयहरुले अमेरिकी सरकारको निर्णय विरुद्ध कानुनी उपचारका लागि अदालतमा मुद्दा दायर गरेका थिए । अमेरिकी अध्यागमन तथा भन्सार विभागले जुलाई ६ मा सूचना जारी गरेको थियो । अमेरिकी ट्रम्प प्रशासनको आदेशमा जा...

अमेरिकामा कोरोनाविरुद्धको खोप परीक्षण अन्तिम चरणमा

अमेरिकामा कोरोनाविरुद्धको खोप परीक्षण अन्तिम चरणमा
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोभिड–१९ को खोप (भ्याक्सिन) परीक्षण यसै महिना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ । आगामी जुलाई २७ मा खोप परीक्षण अन्तिम चरणमा प्रवेश गर्ने कम्पनीले बताएको छ । मोडर्नाले तयार पारेको खोपले यथार्थमा मानिसमा कति प्रभावकारी रुपमा काम गर्नेछ भन्ने परीक्षण हुँदैछ । यसअघि गरिएका परीक्षण निकै सुरक्षित रहेको दाबी गरिक...

कोरोनाबाट विश्वभर पाँच लाख ७६ हजार ५२४ जनाको मृत्यु

कोरोनाबाट विश्वभर पाँच लाख ७६ हजार ५२४ जनाको मृत्यु
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७६ हजार ५२४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३२ लाख ७६ हजार १२७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार मंगलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७७ लाख ४७ हजार १५९ जना निको भएका...