जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७३ हजार ९४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३१ लाख २५ हजार १५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपाली समयानुसार सोमबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७६ लाख ४० हजार ४ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४९ लाख ११ हजार ९१७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ७२४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख ३७ हजार ६०० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३७ हजार ८६९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २८ लाख ९७ हजार ४६९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ५ हजार २७१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख २५ हजार ८१७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ८६ हजार १८७ जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख ८१ हजार ५१२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ७७३ को मृत्यु भएको छ । एसियामा ३० लाख ८ हजार ३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७१ हजार ४०३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ५ लाख ९९ हजार ८५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ३१५ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ६४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया