दिल्लीका रेलहरुमा आइसोलेसन वार्ड बनाइने

दिल्लीका रेलहरुमा आइसोलेसन वार्ड बनाइने
नयाँ दिल्ली । दिल्ली राज्यका रेलहरुलाई कोरोना भाइरसको उपचार गर्ने आइसोलेसन वार्डका रुपमा परिणत गरिने भएको यहाँको सरकारले जनाएको छ । दिल्ली सरकारले यहाँको आनन्द विहार स्टेशनका रेलहरुका डिब्बामा आइसोलेसन वार्ड बनाउने बताएको हो । त्यस स्टेनसका रेलहरु सोमबारदेखि बन्द गरिएको छ । दिल्ली सरकारले यो कुराको जानकारी दिएको हो । दिल्ली राज्य सरकारका मुख्यमन्त्री अरबिन्द केजरिवालले सोम...

युरोपेली मुलुकहरुको सिमाना तीन महिनापछि खुल्यो

युरोपेली मुलुकहरुको सिमाना तीन महिनापछि खुल्यो
बर्लिन । युरोपेली मुलुकहरुको आपसी सिमाना सोमबारदेखि पुनः खुल्ला गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरुको सिमाना बन्द गरिएको थियो । सिमानाहरु खुल्ला गरिएपनि कतिपय शर्त तथा प्रतिबन्धनाात्मक व्यवस्था भने अझै पनि लागु नै हुने अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी अमेरिकी, एसियाली र अन्य विदेशी पर्यटकहरुलाई पनि युरोपेली देशहरुमा ...

कोभिड-१९ : विश्वभर ४ लाख ३३ हजार बढीको मृत्यु, ७९ लाख ३१ हजार संक्रमित

कोभिड-१९ : विश्वभर ४ लाख ३३ हजार बढीको मृत्यु, ७९ लाख ३१ हजार संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३३ हजार ६५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७९ लाख ३१ हजार १९३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाली समयानुसार आइतबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४० लाख ७६ हजार ८०४ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख २०...

प्रहरीको गोलीबाट थप एक अश्वेतको मृत्यु, एटलान्टाका प्रहरी प्रमुखद्वारा राजीनामा

प्रहरीको गोलीबाट थप एक अश्वेतको मृत्यु, एटलान्टाका प्रहरी प्रमुखद्वारा राजीनामा
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एटलान्टा सहरमा एक गोरा प्रहरीले अश्वेत नागरिकलाई पक्राउ गर्नेक्रममा गोली चलाउँदा एक जनाको मृत्यु भएपछि नगर प्रहरी प्रमुखले राजीनामा दिएका छन् । प्रहरीको क्रुर एवं जातीय दूव्र्यवहारका कारण अमेरिकाभर विरोध भइरहेको अवस्थामा पुनः नयाँ घटना सार्वजनिक भएको छ । स्थानीय संचार माध्यमका अनुसार राजमार्ग अवरोध गरेर प्रदर्शन गरिरहेकै अवस्थामा एउटा रे...

चीनमा ग्यास ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु, १८९ घाइते

चीनमा ग्यास ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु, १८९ घाइते
बेइजिङ । चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा परी अरु १८९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । एउट भवनमा ट्याङ्कर ट्रक ठोकिएपछि शनिबार विस्फोटनको घटना भएको समाचारमा जनाइएको छ । स्थानीय समयअनुसार बेलुका ४ः४५ बजे घटना भएको र विस्फोटनपछि आगलागी भएको दृश्यहरु सार्वजनिक भएका...

भारतमा एकैदिन १२ हजार संक्रमित, नौ हजार बढीको मृत्यु

भारतमा एकैदिन १२ हजार संक्रमित, नौ हजार बढीको मृत्यु
नयाँदिल्ली । भारतमा कोरोना भाइरसको महामारीबाट सङ्क्रमितहरुको संख्या हरेक दिन बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमितको संख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घन्टाको अवधिमा भारतमा १२ हजार २३ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो तथ्यांक पनि दैनिक सङ्क्रमितहरुको संख्यामध...

चीनको बेइजिङमा अकस्मात् भेटिए ६६ नयाँ संक्रमित

चीनको बेइजिङमा अकस्मात् भेटिए ६६ नयाँ संक्रमित
बेइजिङ । चीनमा कोरोना भाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार नयाँ ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आएको भनिए पनि अहिले पहिलोपटक एकै पटक धेरै जना सङ्क्रमित भेटिएका हुन् । राजधानी बेइजिङमा अहिलेसम्मकै धेरै सङ्क्रमित एकैपटक देखिएको उनीहरुको भनाइ छ । चीनको राष्ट्रिय स्वास...

कोभिड-१९ : विश्वभर ४ लाख २५ हजारको मृत्यु, ७६ लाख ४२ हजार संक्रमित

कोभिड-१९ : विश्वभर ४ लाख २५ हजारको मृत्यु, ७६ लाख ४२ हजार संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २४ हजार ८५९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७६ लाख ४२ हजार २०१ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाली समयानुसार शुक्रबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३८ लाख ६८ हजार १३१ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ...

भारतका एक मन्त्रीलाई नै कोरोना संक्रमण !

भारतका एक मन्त्रीलाई नै कोरोना संक्रमण !
मुम्बई । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढिरहेको भारतमा एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ सङ्क्रमण देखिएको छ । भारतको मुम्बई प्रदेशका एक जना मन्त्री कोरोना भाइरसबाट सङ्क्रमित भएको स्रोतले शुक्रबार जानकारी दिएको छ । सङ्क्रमित भएका मन्त्री एनसीपीका नेता भएको पनि स्रोतले उल्लेख गरेको छ । ती मन्त्रीलाई भारतको मराथवाडा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका एनसिपीका नेता महार...

भारतमा कोरोना भाइरस समुदायमा फैलिएमा स्थिति भयावह हुने अनुसन्धानकर्ताको भनाइ

भारतमा कोरोना भाइरस समुदायमा फैलिएमा स्थिति भयावह हुने अनुसन्धानकर्ताको भनाइ
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको यहाँको एक अनुसन्धानबाट पत्ता लागेको समाचारमा जनाइएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च काउन्सिलले सो कुरा दाबी गरेको हो । उक्त संस्थाका डिजी बलराम भर्गवले भारतमा समुदायस्तरमा कोरोनाको भाइरस फैलिएको नपाएको शुक्रबार दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा...