ट्रम्पद्वारा प्रहरी सुधारसम्बन्धी आदेशमा हस्ताक्षर
वासिङ्टन । प्रहरी नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्युलाई लिएर देशव्यापी विरोध प्रदर्शन भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरी सुधारसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
ह्वाइट हाउसमा आयोजित कार्यक्रमबीच उक्त आदेशमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले नयाँ आदेशले प्रहरीको दैनिक कार्यमा व्यापक परिवर्तन ल्याउने अपेक्षा गरे ।
तर, प्रहरी कार...









