भारतमा मालबाहक रेलले किचेर १६ जनाको मृत्यु
औरंगावाद । भारतको महाराष्ट्र राज्यको औरंगावादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका प्रवासी मजदूरको एक समूहलाई मालबाहक रेलले जालना र औरंगावादबीच बिहान ६.३० बजे किचेको थियो । उक्त दुर्घटनामा अन्य केही मजदूर पनि ...









