जर्मनीमा पसल र विद्यालय खोल्ने तयारी
बर्लिन । कोरोना भाइरसका कारण अस्तव्यस्त बनेको जनजीवनलाई सामान्य तुल्याउन जर्मनीमा यो महिनाभर विभिन्न कार्यहरु अघि बढाइने भएको छ । केही हप्तासम्म लकडाउन भएसँगै देशभरका व्यवसाय र विद्यालयहरु बन्द रहेका छन् । सरकारले यसै महिनाभित्र पसल र विद्यालय खोल्ने कार्ययोजना तयार पारेको छ ।
गत अप्रिल २० बाट गरिएको आंशिक लकडाउन निकै प्रभावकारी भएको र नयाँ संक्रमणका घटनाहरु निरन्तर घट्दै गए...






