भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह अस्पताल भर्ना

भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह अस्पताल भर्ना
नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको बताइएको छ । उनी अस्पताल भर्ना भएको उक्त अस्पतालले पुष्टि गरेको छ । सो समाचारको भारतीय काँग्रेसले पनि पुष्टि गरेको छ । छाती दुखेर असहज महसुस भएपछि उनल...

कोरोनाबाट भूपू गोरखा सैनिक राईको निधन

कोरोनाबाट भूपू गोरखा सैनिक राईको निधन
लण्डन । कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए । ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित...

विश्वभर ४१ लाख १७ हजार संक्रमित, दुई लाख ८० हजार ६९० को मृत्यु

विश्वभर ४१ लाख १७ हजार संक्रमित, दुई लाख ८० हजार ६९० को मृत्यु
काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर ४१ लाख १७ हजार ९५ मानिस संक्रमित भएका छन् । जसमध्ये १४ लाख ४६ हजार ५५९ जना निको भई घर फर्किएका छन् । विश्वका २१२ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म दुई लाख ८० हजार ६९० मानिसको ज्यान गएको छ । अझै २३ लाख ८९ हजार ८४६ जना बिरामीले विभिन्न अस...

भारतमा कोरोना सङ्क्रमितको संख्या ६३ हजार नजिक

भारतमा कोरोना सङ्क्रमितको संख्या ६३ हजार नजिक
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ६३ हजार पुगेको छ । सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत सङ्क्रमितलाई निको भएको छ । शनिबारमात्रै झण्डै तीन हजार ३२० जना कोरोनाभाइरस सङ्क्रमितहरु थपिएको जनाइएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ६२ हजार ९३९ पुगेको छ...

कोरोना भाइरसबाट विश्वभर ७८ गैरआवासीय नेपालीले ज्यान गुमाए

कोरोना भाइरसबाट विश्वभर ७८ गैरआवासीय नेपालीले ज्यान गुमाए
लण्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण हालसम्म ७८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीले ज्यान गुमाएका छन् । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोर...

विश्वभर १३ लाख ८२ हजार बढी मानिस निको भई घर फर्किए

विश्वभर १३ लाख ८२ हजार बढी मानिस निको भई घर फर्किए
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या शनिबार बिहानसम्म ४० लाख १२ हजार पुगेको छ । जसमध्ये १३ लाख ८५ हजार २२३ जना निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका १३ लाख ८२ हजार २२३ संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा परेको स...

कोरोना अपडेटः विश्वभर २ लाख ७६ हजारको मृत्यु, ४० लाख १२ हजार संक्रमित

कोरोना अपडेटः विश्वभर २ लाख ७६ हजारको मृत्यु, ४० लाख १२ हजार संक्रमित
जेनेभा । कोरोना भाइरसका कारण विश्वभर २ लाख ७५ हजार ९७६ बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४० लाख १२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शनिबार बिहानसम्ममा विश्वभर २४ घन्टाको अवधिमा ५ हजार ५५० जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि विश्वभर ५ हजार ५८९ र त्यसअघि ६ हजार ८११ जनाको मृत्यु भएको थियो । प्राप्त समाचारअनुसार विश्वभर ...

कोरोना अपडेटः विश्वभर २ लाख ७३ हजारको मृत्यु, ३९ लाख ६८ हजार संक्रमित

कोरोना अपडेटः विश्वभर २ लाख ७३ हजारको मृत्यु, ३९ लाख ६८ हजार संक्रमित
जेनेभा । कोरोना भाइरसका कारण विश्वभर २ लाख ७३ हजार ५३४ बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख ६८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार रातिसम्ममा विश्वभर २४ घन्टाको अवधिमा ५ हजार ५८९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि विश्वभर ६ हजार ८११ जनाको मृत्यु भएको थियो । प्राप्त समाचारअनुसार विश्वभर करिब ४८ हजार ९०५ मान...

रूसमा एकै दिन थप १० हजार व्यक्ति संक्रमित

रूसमा एकै दिन थप १० हजार व्यक्ति संक्रमित
मस्को । रूसमा पछिल्लो चौबिसघन्टामा थप १० हजार ६९९ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेको छ । रूसमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ८७ हजार ८५९ पुगेको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । केन्द्रको तथ्याङ्कअनुसार विगत छ दिन रूसमा सङ्क्रमितको सङ्ख्या निरन्तर १० हजारको हाराहारीमा रहेकोमा बिहीबार ११ हजार २३१ जना...

पाकिस्तानले शनिबारदेखि लकडाउन खुकुलो बनाउने

पाकिस्तानले शनिबारदेखि लकडाउन खुकुलो बनाउने
इस्लामाबाद । पाकिस्तानले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी देशव्यापी लकडाउनलाई शनिबारदेखि खुकुलो बनाउँदै लैजाने घोषणा गरेको छ । कोरोना संक्रमितको संख्या निरन्तर बढे पनि आमजनताको दैनिक जीवन थप कष्टप्रद हुँदै गएपछि सरकारले लकडाउनलाई खुकुलो बनाउन लागेको हो । प्रधानमन्त्री इमरान खानले लकडाउनलाई खुकुलो बनाउने तयारी गरिएको जानकारी दिँदै लकडाउनबाट आम मजदूर, साना व्यवसायी ...