कोभिड–१९ : भारतमा २९ हजार ४५१ संक्रमित, ९३९ जनाको ज्यान गयो
नयाँ दिल्ली । भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या २९ हजार ४५१ पुगेको मंगलबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ५६१ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
मंगलबार बिहान ११ः ३० बजेको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरूको संख्या २९ हजार ४५१ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्...







