काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सोमबार बिहानसम्म विश्वभर दुई लाख सात हजारको मृत्यु भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट २९ लाख ९४ हजार ७२२ संक्रमित भएका छन् । विश्वभरका विभिन्न अस्पतालमा उपचार गराउने संक्रमितको संख्या १९ लाख ९ हजार २७ रहेका छन् भने ८ लाख ७८ हजार ७०७ जना निको भई घर फर्किएका छन् ।

कुल बिरामीमध्ये ५७ हजार ६०२ को अवस्था चिन्ताजनक रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित अमेरिका बनेको छ । यहाँ कुल ९ लाख ८७ हजार १६० जना सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ५५ हजार ४१३ पुगेको छ ।

स्पेनमा दुई लाख २६ हजार ६२९ कुल सङ्क्रमित भएका छन् भने २३ हजार १९० जनाको मृत्यु भएको छ । यसैगरी, इटालीमा कुल एक लाख ९७ हजार ६७५ जना संक्रमित भएका छन् भने २६ हजार ६४४ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, फ्रान्समा एक लाख ६२ हजार १०० कुल सङ्क्रमित भएका छन् भने २२ हजार ८५६ को मृत्यु भएको छ । जर्मनीमा एक लाख ५७ हजार ७७० कुल सङ्क्रमित भएका छन् भने ५९७६ को मृत्यु भएको छ ।

बेलायतमा एक लाख ५२ हजार ८४० कुल सङ्क्रमित भएका छन् भने २० हजार ७३२ को मृत्यु भएको छ । टर्कीमा एक लाख १० हजार १३० संक्रमित रहेकोमा २८०५ को ज्यान गएको छ । इरानमा ९० हजार ४८१ कुल सङ्क्रमित भएका छन् भने ५७१० व्यक्तिको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ८३० कुल सङ्क्रमित भएका छन् भने ४६३३ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ४७४ रहेको छ । चीनमा हाल ७२३ जनाको उपचार जारी रहेकोमा ५२ को अवस्था जटिल छ ।

यस्तै, रसियामा ८० हजार ९४९ जना बिरामी भएकोमा ७४७ को निधन भएको छ । ब्राजिलमा ६२ हजार ८५९ संक्रमित भएकोमा ४२७१ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, क्यानडामा ४६ हजार ८९५ व्यक्तिमा कोरोना देखिएकोमा २५६० जनाको ज्यान गएको छ । बेल्जियममा ४६ हजार १३४ संक्रमित भएकोमा ७०९४ जनाको मृत्यु भएको छ ।

यसैगरी, नेदरल्याण्ड्समा ३७ हजार ८४५ संक्रमित भएकोमा ४४७५ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा २९ हजार ६१ संक्रमित छन् भने १६१० जनाको ज्यान गएको छ ।

भारतमा २७ हजार ८९० व्यक्ति बिरामी भएकोमा ८८१, पेरुमा २७ हजार ५१७ संक्रमित रहेकोमा ७२८, पोर्चुगलमा २३ हजार ८६४ संक्रमित भएकोमा ९०३, इक्वेडरमा २२ हजार ७१९ संक्रमित भएकोमा ५७६, आयरल्याण्डमा १९ हजार २६२ संक्रमित रहेकोमा १०८७, स्वीडेनमा १८ हजार ६४० बिरामी रहेकोमा २१९४, साउदी अरेबियामा १७ हजार ५२२ संक्रमित रहेकोमा १३९, इजरायलमा १५ हजार ४४३ बिरामी रहेकोमा २०१ र अस्ट्रियामा १५ हजार २२५ कोरोनाको संक्रमण देखिएकोमा ५४२ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ५२ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा १६ जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले चौथो चरणमा गरी वैशाख २५ गतेसम्म लकडाउन लागू गरेको छ । नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा ५१ हजार ३६७ जनाको नमुना परीक्षण गरिएकोमा ५२ जनामा कोरोना भाइरस पुष्टि भएको हो । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया