अमेरिकाको टेनेसीमा आँधीका कारण २४ जनाको मृत्यु

अमेरिकाको टेनेसीमा आँधीका कारण २४ जनाको मृत्यु
टेनेसी- अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार मंगलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ । त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ । आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति...

कोरोनाभाइरसबाट इरानमा ७७ जनाको मृत्यु

कोरोनाभाइरसबाट इरानमा ७७ जनाको मृत्यु
तेहरान- कोरोना भाइरस (कोभिड–१९) को कारण इरानमा पछिल्लो २४ घन्टामा थप ११ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । पछिल्लो तथ्याङ्कसँगै इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको मन्त्रालयले बताएको छ । प्राप्त समाचारअनुसार इरानका २३ जना सांसदलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इरानमा क...

उत्तरी नाइजेरियामा लुटेरा समूहको आक्रमणमा कम्तीमा ५० व्यक्तिको मृत्यु

उत्तरी नाइजेरियामा लुटेरा समूहको आक्रमणमा कम्तीमा ५० व्यक्तिको मृत्यु
कानो- उत्तरी नाइजेरियाको विभिन्न गाउँमा भएका लुटेरा समूहको आक्रमणहरूमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण गर्ने क्रममा गाउँलेहरूले प्रतिकारको प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ । स्रोतहरूका अनुसार लुटेराको करिब १०० जनाको सशस्त्र जत्थाले कादुना राज्यको केरावा, जारेयावा र ...

कोरोना सङ्क्रमणका समय चीनमा प्रदूषणमा निकै कमी : नासा

कोरोना सङ्क्रमणका समय चीनमा प्रदूषणमा निकै कमी : नासा
वासिङ्टन- विश्व अर्थतन्त्रमा प्रभाव गर्ने गरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा केही समयदेखि उद्योग तथा कलकारखानाहरूका गतिविधि घोषित तथा अघोषितरूपमा बन्द भएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार औद्योगिक गतिविधिहरूमा देखिएको अवरोध तथा सवारी साधनहरूको आवागमनमा आएको कमीका कारण चीनको वुहान र वरपरका क्षेत्रमा प्रदूषणको मात्रा ह्वात्तै घटेको छ । नासाको नक्स...

इरानमा कोरोना भाइरसका कारण थप १२ को मृत्यु

इरानमा कोरोना भाइरसका कारण थप १२ को मृत्यु
तेहरान- इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने थप सङ्क्रमितको सङ्ख्या १२ भएको इरानी अधिकारीले सोमबार बताएका छन् । यससँगै इरानमा कोभिड–१९ भनिने यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या कूल ६६ पुगेको छ । इरानमा अघिल्लो दिन ५२३ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएकोमा सोमबार यो सङ्ख्या तेब्बर बढेर एक हजार ५०१ पुगेको बताइएको छ । इरानका उप–स्वास्थ्यमन्त्री अलिरेज...

कोरोनाभाइरसको संक्रमण ६७ मुलुकमा, ३०५३ को मृत्यु

कोरोनाभाइरसको संक्रमण ६७ मुलुकमा, ३०५३ को मृत्यु
काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमण विश्वका ६७ मुलुकमा भेटिएको छ । विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्याङ्कअनुसार सोमबार बिहानसम्म विश्वभर ३०५३ जनाको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ भने कूल ८९ हजार ०७२ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण मकाउ तथा हङकङबाहेक मुख्यभूमि चीनमा कूल ८० हजार ०२६ जनामा पुष्टि भएको छ भन...

पाकिस्तानमा रेल र बस ठोक्किँदा ३० को मृत्यु

पाकिस्तानमा रेल र बस ठोक्किँदा ३० को मृत्यु
सक्कुर- पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको संख्या ३० पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताए । यस दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको ...

कोरोना भाइरसबाट इरानमा २१० को मृत्यु

कोरोना भाइरसबाट इरानमा २१० को मृत्यु
लण्डन- कोरोना भाइरसको संक्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका रहेका बताइएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको संख्याभन्दा यो छ गुणा बढी भएको बताइएको छ । शुुक्रबार सरकारी अधिकारीहरुले यस कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको जानकारी...

नयाँदिल्लीमा जारी हिंसात्मक झडपमा मृतकको संख्या ४२ पुग्यो, ३५० भन्दा बढी घाइते

नयाँदिल्लीमा जारी हिंसात्मक झडपमा मृतकको संख्या ४२ पुग्यो, ३५० भन्दा बढी घाइते
नयाँदिल्ली- भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार झण्डै ३५० भन्दा बढी घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौँ दंगा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ । हालसम्म ४२ जनाको मृत्यु भएको अस्पताल स्रोतले शुक्रबार जानकारी दिएको थियो । ...

विश्वमै फैलिँदै कोरोनाको त्रास

विश्वमै फैलिँदै कोरोनाको त्रास
मोहिनी रिसाल काठमाडौँ- वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको समाचार आएको छ । विश्व स्वास्थ्य संगठनले यस कोभिड–१९ भाइरसको संक्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ । विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा यस भाइरसको संक्रमण भएको बताएको छ । सुरूमा चीनमा मात्र सीमित रहेको यो संक्रमण दक्षिण कोरिया र इ...